चीनबाट ल्याउने १० लाख कोरोना खोप को-को ले पाउँछ ?

नेपालले चीनसँग किनेको खोपको पहिलो लट खोप ल्याउन नेपाल वायुसेवा निगमको विमान असार २४ गते चीन जाँदैछ ।  असार २५ गते चीनबाट १० लाख डोज भेरोसेल खोप आउँदैछ ।

नेपाल ल्याएको एकसाताभित्रै खोप वितरण गरिसक्नेगरी स्वास्थ्य सेवा विभागले तयारी थालेको छ । उक्त खोप कसलाई लगाउने भन्ने अहिले नै निर्णय भने भइसकेको छैन ।

सरकारले कुनै समूह नतोकेको खण्डमा यसअघिको प्राथमिकताका आधारमा नै खोप दिइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए ।

अहिलेसम्म सरकारले फ्रन्टलाइनरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स, शव वाहन चालक, पत्रकार, कूटनीतिक नियोग, सरकारी कर्मचारी लगायतलाई खोप दिइसकेको छ ।

त्यस्तै दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि खोप दिइएको छ । अब ६० वर्षभन्दा मुनिको समूहलाई र पहिला छुटपुट भएकालाई पनि खोप दिइने डा. गौतमले बताए ।

अब सरकारले यसअघि तोकेको प्राथमिकता अनुसार ५५ वर्षदेखि ५९ वर्ष उमेर समूहकालाई खोप दिइनुपर्छ । सोही आधारमा खोप लगाउन सकिने उनको भनाइ छ ।

अब आउने खोपले अन्य अत्यावश्यक सेवामा रहेकालाई पनि प्राथमिकतामा राखिने डा. गौतमको भनाइ छ ।

यसअघि सरकारसँग पेट्रोलियम पदार्थको ढुवानी गर्ने चालकहरूले पनि खोप मागेका थिए । त्यस्तै शिक्षकहरूले समेत खोपका लागि दबाब दिँदै आएका छन् । अब बिस्तारै खोप सहज हुँदै गएको भन्दै सबैलाई खोप दिइने उनले बताए ।

यसअघि चीनबाट अनुदानमा आएको १० लाख डोज खोपलाई उमेर समूह अनुसार नै लगाइएको थियो । उक्त खोपको पहिलो मात्रा लगाएकाले असार २२ गतेदेखि दोस्रो डोज लगाइने भएको छ । सरकारले ६० वर्षदेखि ६४ वर्षकालाई लगाउने भनिएकोमा खोप नपुग्ने देखिएपछि अन्तिममा उमेर समूह परिवर्तन गरिएको थियो । समूह परिवर्तन गरेर ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका लागि खोप दिइएको थियो ।

चीनबाट सरकारले किन्न लागेको खोप पहिला पटक आउन लागेको छ । यसअघि चीनले १८ लाख डोज अनुदानमा दिएको थियो । नेपालमा अहिलेसम्म ७ लाख ७६ हजार ३८२ जनाले पहिलो डोज र २ लाख ९८ हजार १० जनाले दोस्रो डोज भेरोसेल खोप लगाएका छन् ।

त्यस्तै १८ लाख २८ हजार ६२५ जनाले पहिलो डोज र ४ लाख ५९ हजार ३८२ जनाले दोस्रो डोज कोभिशिल्ड खोप लगाएका छन् । १३ लाख ६८ हजारभन्दा बढीले कोभिशिल्डको दोस्रो डोज खोप लगाउन पाएका छैनन् । भारतले खोप नदिँदा लामो समय भइसक्दा पनि उनीहरूले खोप लगाउन नपाएका हुन् ।

चीनले भने यतिबेला ४० लाख डोज दिनेगरी सम्झौता गरेको छ ।

सिफारिस

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

भर्खरै

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

धेरै पढिएको