काठमाडौं – आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक गरेको छ । तीन खेलको सिरिज हुनेछ । पहिलो खेल २०२७ को मार्च २६, दोस्रो खेल मार्च २८ र तेस्रो खेल मार्च ३० मा हुने भएको हो ।
नेपालले आईसीसीको फुल मेम्बरसँग घरेलु मैदानमा पहिलोपटक सिरिज खेल्न लागेको हो । यसअघि नेपालmले वेस्टइन्डिजसँग सिरिज खेले पनि त्यो त्रिवि मैदानमा नभएर शारजहाँमा भएको थियो । जुन नेपालले जितेको थियो ।
बंगलादेशसँग नेपालले २०१४ को बंगलादेशमा भएको टी–२० विश्वकप र २०२४ को विश्वकपमा खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भए पनि बंगलादेशलाई कडा टक्कर दिएको थियो । क्यानका सचिव पारस खड्काले आगामी सिरिज बाढीपीडितमा समर्पित गरिने बताएका छन् ।
