विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ।

नेपाली क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र योगदानको सम्मानस्वरूप विराटनगर किङ्सले राष्ट्रिय टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

त्यस्तै, टोलीको ऐतिहासिक सफलतामा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई विशेष सम्मानस्वरूप १ लाख रुपैयाँ प्रदान गरिनेछ।

विराटनगर किङ्सले नेपाली क्रिकेटको विकास, खेलाडीको मनोबल वृद्धि र राष्ट्रिय टोलीको सफलतामा साथ दिने उद्देश्यले यो सम्मान घोषणा गरेको जनाएको छ।

एसीसी प्रिमियर कप २०२६ को उपाधि जितेर नेपाली क्रिकेट टोलीले एसिया कप २०२७ को यात्रा सुनिश्चित गर्दै सम्पूर्ण नेपाली क्रिकेटप्रेमीलाई गौरवान्वित बनाएको छ। यस ऐतिहासिक सफलताका लागि विराटनगर किङ्सले नेपाली टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगी स्टाफलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।

सिफारिस

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

भर्खरै

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

धेरै पढिएको