युरोकप फुटबलः बेल्जियम घर फर्कियो, इटाली र स्पेन सेमिफाइनलमा

एजेन्सी – फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमलाई २/१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरेका थिए ।

बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काएका थिए ।

खेलको ३०औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ४४औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २ शुन्यको अग्रता दिलाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २/१ को स्थितिमा ल्याए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।

दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २/१ गोल अन्तरले जित्यो।

यो जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने किर्तिमान समेत बनाएको छ ।

इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यसअघि इटालीले सन १९३५ को अक्टोबर देखि जुलाई सन १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३/१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ ।
‘गोल्डेन जेनेरेसन’ टिम बेल्जियम भने क्वाटरफाइनलबाट बाहिरिएको छ ।

यसअघि बेल्जियमले साविक विजेता पोर्चुगललाई १ शुन्य गोल अन्तरले हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको थियो ।

इटालीले प्रि–क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको बिबिसीले जनाएको छ ।

सिफारिस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

धेरै पढिएको