कोपा अमेरिका : इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश गरेको छ। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा इक्वेडरमाथि ३-० को जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो।

खेलको ४० औं मिनेटमा रोड्रिगो डी पउलको गोलमा अग्रता बनाएको अर्जेन्टिना पहिलो हाफमा एक गोलले अघि रह्यो। खेलको ८४ औं मिनेटमा लौटरो मार्टिनेजले गोल गर्दै अग्रता दोब्बर बनाउँदा खेलको अतिरिक्त समयमा कप्तान लियोनल मेस्सीले अर्को गोल थपेका थिए।

त्यस्तै आजै बिहान सम्पन्न अर्को खेलमा उरुग्वेलाई हराउँदै कोलम्बियाले सेमिफाइनलमा स्थान बनाएको थियो। निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो जहाँ कोलम्बियाले ४-२ गोलअन्तरले जित निकाल्यो।

कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिल र पेरु तथा अर्जेन्टिना र कोलम्बिया भिड्नेछन्।

सिफारिस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

धेरै पढिएको