स्वास्थ्य राज्यमन्त्रीले जागेश्वरलाई वीरको प्रमुखबाट हटाएपछि दिए यस्तो प्रतिक्रिया

वरिष्ठ चिकित्सक जागेश्वर गौतमले आफूलाई काम गर्न नदिइएको गुनासो गरेका छन् । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी रहेका उनलाई सरुवा गरेर थापाथलीस्थित प्रसूति गृह पठाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

वीर अस्पतालमा कार्यरत केही निजी अस्पतालको पक्षपोषकले आफूलाई काम गर्न नदिएको उनको आरोप छ । ‘वीरमा सञ्जालनै रहेछ, जसले मलाई काम गर्न दिएन’, उनले भने, ‘भोलिदेखि नै प्रसूति गृहमा गएर काम गर्छु ।’

उनले आफ्नो कार्यकालमा वीर अस्पताललाई सुधारको प्रयास गरेको बताउँदै त्यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए ।

उसो त गौतमले अस्पतालले क्रमशः गति लिँदै गरेको अवस्थामा केही स्वार्थ समूहले अनावश्यक लफडा गर्न उक्साइरहेको गुनासो गर्दै आएका थिए । सोही अनुसार आइतबार स्वास्थ्यकर्मीको नाममा आफूविरुद्ध आन्दोलन भएको उनको आरोप छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार राज्य मन्त्रीस्तरीय निर्णय गर्दै गौतमलाई हटाएको हो । उनको ठाउँमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई पठाइएको हो । डा.गौतम गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका थिए । सोअघि उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ताको भूमिकामा रहेका थिए भने यसअघि पनि उनले विभिन्न अस्पतालको नेतृत्वदायी भूमिकामा रहँदा उदाहरणीय काम गरेका थिए ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको