देशभर पछिल्लो २४ घण्टामा २५२५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५१ हजार १२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये हालसम्म ७ लाख २ हजार १८३ पुगेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो संगै मृतकको कुल संख्या १० हजार ५८६ पुगेको छ । यस्तै आज २०८६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ३८ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
