साफ च्याम्पियनसिप : पहिलो पटक फाइनल पुगेको नेपाल उपाधिका लागि भारतसँग भिड्दै

काठमाडौं – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दै छन्।
फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले भने दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

साफ इतिहासमै नेपाल पहिलो पटक फाइनल पुगेको हो। नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदै छ। साफमा भारत सबैभन्दा सफल टिम हो। हालसम्म ७ पटक उपाधि जितिसकेकोभारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ।

भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङको भनाइ छ। ‘हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिनेछौं। हामी गोर्खाली जसरी खेल्नेछौं,’ कप्तान किरणले भने।

जारी साफ अन्तर्गत लिग चरणमा भारतले नेपाललाई १–० ले हराएको थियो।भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ। नेपालविरुद्ध भारतले १५ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।

भारतविरुद्ध नेपालका विंगर तथा मुख्य खेलाडी अन्जन विष्टले खेल्ने छैनन्। दुई पहेलो कार्डको कारण उनले फाइनल खेल गुमाउनेछन्।

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको