यस्तो देखियो काठमाडौँमा छठको रमझम (फोटो फिचर)

छठ पर्वका अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै मनाइएको छ । छठका अवसरमा तराई मधेसदेखि काठमाडौं उपत्यकासम्मका तलाउ र नदी किनार सजिएका छन्।

पछिल्लो समय छठ पर्व तराई मधेसदेखि पहाड र उपत्यकामा पनि मनाउन थालिएको छ। संघीय राजधानी काठमाडौंका कमल पोखरी, रानीपोखरीसहितका तलाउ तथा बागमती, विष्णुमतीसहितका नदी किनारमा पनि छठ पूजा गरिएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ ।

छठका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि राजधानीका नदी तलाउ किनारका घाटमा पुगेकी छन्। उनी कमल पोखरी र बागमती किनारसहितका स्थानमा पुगेर छठ पूजामा सहभागी भइन्। राष्ट्रपति भण्डारी छठ पूजाका लागि सजाइएका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा दर्शन गर्न पुगेकी हुन्।

सिफारिस

इलाममा माधव नेपालको पार्टीको हरिबिजोग, जितबहादुरले पाए जम्मा ४०८ मत

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन् । २७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर...

इलाममा घण्टी उम्मेदवार मिलन लिम्बूको जमानत जफत

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको जमानत जफत भएको छ। प्रतिनिधिसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत नआए स्वतः जमानत...

इलाम- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन् । २७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

इलाममा घण्टी उम्मेदवार मिलन लिम्बूको जमानत जफत

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूको...

इलाम- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ...

सिधा कुरालाई समाचार र भिडियो हटाउन सर्वोच्चको आदेश

काठमाडौं - सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४...

इलाम–२ मतगणना: ३४ हजार सदर मतमा घण्टी उम्मेदवार लिम्बूले कटाएनन् २ हजार मत

काठमाडौं -  इलाम–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

उपनिर्वाचन: एकीकृत समाजवादीको जमानत जफत

काठमाडौँ - बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा...

बझाङमा कांग्रेसलाई पराजित गर्दै एमालेका भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार...

धेरै पढिएको