राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपिजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले पराजित गरेको हाे ।

खेलमा बङगलादेशको तर्फबाट जाकिर होसेन सहिमले ३ र मय्हेदी हसन तोपुले २ गोल गरे भने नेपालबाट सुमन लिम्बुले २ र दीवाकर शेनले एक गोल फर्काए । मैत्रीपूर्ण खेल राष्ट्रिय फोटो पत्रकार समुह नेपालले आयोजना गरेको हो ।

फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरुसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी समुहका अध्यक्ष प्रदीपराज वन्तले दिए ।

नारायणगंज क्लबसँगको खेल खेल्नुअघि कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलाडीलाई बल हस्तान्तरण गरेका थिए। कार्यक्रममा प्रतिक्रिया दिँदै सदस्य सचिव  घिसिङले खेलकुद एउटा व्यवसायिक खेलाडीको लागि मात्र नभएर आज सबै नागरिकका लागि हो भनेर आज स्थापित भएको बताए। उनले फोटो पत्रकारिता दिवसमा एनएफपिजेले मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरेकोमा धन्यवाद पनि व्यक्त गरे।

सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल प्रमाणपत्रसंगै मायाको चिनो साटासाट गरिएको  थियो। कार्यक्रम सफल बनाउन प्रिण्टिङ्ग एक्सप्रेस र म नेपाली ब्राण्डले जर्सीबाट सहयोग गरेको थियो भने गोल्ड स्टार सूजले फूटबल जुत्ता , एन्फा एकेडेमीले ग्राउण्ड उपलब्ध गराएको थियो।

त्यस्तै हिमाल हस्पिटलले स्वास्थ्य टीम उपलब्ध गराउँदा नेपाल एरहोस्टेजले स्वयंसेवकको भूमीका निर्वाह गरेको थियो। कार्यक्रममा ढाका टोपी प्रज्वल ओझाले सहयोग गर्दा स्वतिश्री गुरुकुल स्कुल र ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीले पनि साथ दिएका थिए।

  

सिफारिस

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । उत्पादनमूलक कामबाट रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएकोमा श्रेष्ठलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य (सूचिसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज...

धेरै पढिएको