देशभरका अस्पताललाई स्वास्थ्य मन्त्रालयले दियो यस्तो निर्देशन

काठमाडौँ — सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो । मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भए तत्कालै पदपूर्तिको व्यवस्था गर्न भनेको छ ।

त्यस्तै, स्वीकृत दरबन्दीअनुसार कुनै पनि पद रिक्त भएमा त्यस्तो ठाउँमा करार कर्मचारी भर्ना गरेर जनशक्तिको उपयुक्त व्यवस्था गर्न निर्देशन गरेको छ ।

बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पतालहरु र प्रयोगशालाहरूलाई जनशक्ति व्यवस्थापन गर्न निर्देशन गरिएको मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयले स्वीकृत दरबन्दीहरूको करार नियुक्ति भएको र म्याद सकिएको भए ती पदहरूमा माघ महिनादेखि बढीमा ३ महिनासम्म म्याद थप गर्ने व्यवस्था गर्न निर्देशन गरेको छ ।

कोभिड–१९ को तेस्रो लहरको रुपमा विश्वभरि फैलिएको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि बढ्दो छ । गत साता बसेको सत्ता गठबन्धनको बैठकले देशभरका स्वास्थ्य संस्थामा जनशक्तिको उपयुक्त व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको