प्रचण्डको प्रस्तावमा गोकुल बास्कोटाले दिए कडा प्रतिक्रिया

काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटाले तत्काल आम चुनाव घोषणा गरेर देखाउन गठबन्धन सरकारलाई चुनौती दिएका छन् । चुनावी घोषणा होस भन्ने आफूहरु तिब्र प्रतीक्षामा रहेको भन्दै नेता बास्कोटाले चुनावमा एक्लै लड्न तयार रहेको बताएका हुन् ।

फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘फेरि भन्छु– पूर्व देखाएर पश्चिम हान्ने र चील आयो भनेर कुखुरा तान्ने कम्फरटेवल पार्टनरवाला सरकारले आम चुनाब घोषणा गरोस।हामी तीब्र प्रतीक्षा,स्वागत र पांच उपिंयाको गठबन्धन तोला न छटाकसंग एक्लै प्रतिष्पर्धा गर्न तम्तयार छौ ।’

प्रचण्डले वैशाख/जेठमा संघीय र कात्तिक/मंसिरमा स्थानीय तहको निर्वाचन गर्नु व्यवहारिक हुने प्रस्ताव राखेपछि राजनीतिले नयाँ मोड लिएको छ। सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित संसद्मा प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरोध गर्दै आएकाले अब विकल्प खोज्नुपर्ने बेला आएको भन्दै अध्यक्ष प्रचण्डले शुरुमा संसदीय निर्वाचनको प्रस्ताव राखेको बताएका छन् ।

‘हामी त संसदलाई पूरै अवधि चलाउन चाहन्थ्यौं। ६ महिनादेखि लगातार केपी ओलीलाई संसद सुसञ्चालन गर्न सहयोग गर्नुस् पनि भन्यौं । तर, प्रमुख प्रतिपक्षी यो सदन रहेसम्म अवरोध गर्ने नीतिमा देखियो। यो अवस्था लोकतन्त्र, संविधानका निम्ति घातक हुने भयो। त्यसो भए निर्वाचनकै वर्षमा केही महिना पहिले निर्वाचनमा नै किन नजाने त भनेर हामी छलफलमा छौं । आज यसमा थप छलफल हुन्छ ।” उनले भने, कहिले बालुवाटारमा सर्वदलीय बैठक बोलाएर त कहिले प्रधानमन्त्रीजी आफैं बालकोट गएर संवाद गर्दा पनि एमालेले सदन सञ्चालन हुन नदिने नीति लियो, यो एउटा परिस्थिति छ।

दोस्रो, वैशाखदेखि चुनावी वर्ष सुरु नै हुन्छ। त्यसकारण किन संघीय संसद्को निर्वाचन गरेर अहिलेको गतिरोध अन्त्य नगर्ने त भन्ने हिसाबले प्रस्ताव राखिएको हो । उच्चस्तरीय संयन्त्रको बैठक आज बोलाइएको छ ।

प्रचण्डको प्रस्तावमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी समेत सहमत रहेको देखिन्छ । प्रचण्डले यसरी जाने हो भने यो कुरा सर्वोच्च अदालतको आदेशको विरुद्धमा पनि नहुने जिकिर गरेका छन्। एउटा मिडियामा कुरा गर्दै उनले भनेका छन, ‘सर्वोच्च अदालतको परमादेशपछि यो सरकार बनेको हो। परमादेशमा भनिएको छ संसद् रहँदासम्म र संसद्भित्र सरकार बन्ने सम्भावना रहँदासम्म विघटन गर्न पाइँदैन।

सिफारिस

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

धेरै पढिएको