महामारीमा समाज सेवा

विपदको बेला स्वयंसेवकहरुको महत्वपूर्ण भुमिका रहने गर्छ, सामाजिक सेवा सार्वजनिक, निजि तथा सरकारी संस्थाहरुले प्रदान गर्ने सार्वजनिक सेवाहरुको रुप हो जसको निश्चित संगठन तथा सशक्त समुदायहरुको स्वयंसेवी समुह निर्माण गर्ने र विपदको समयमा ति समुहहरुको प्रभावकारी परिचालन गरी पिडितहरुमा मानवोचित व्यवहारबाट समानता र अवसर श्रृजना गर्ने कार्य गरिन्छ । यसरी गरिने कार्यले गर्दा नै विपदको समयमा समाजमा रोग भोक तथा मानसिक समस्याको कारण हुने दुर्घटनाहरुमा कमी ल्याउन तथा त्यसको लागि आवश्यक बस्तुहरुको वितरण सहज हुने गरेको इतिहास साक्षी छ।

दोस्रो बिश्व युद्दपछि बढ्दो ब्यापारीकरणको मारमा परेका गरीब तथा बिकाशोन्मुख देशहरुमा समाजसेवाको नाममा परियोजनाकरण गरेर कसैको गरिबि,दुःख पिडा भजाएर आफ्नो रोजिरोटीको भाडो भर्ने कार्य हुन थाल्यो जसको फलस्वरुप आज समाजसेवा भनेको कुनै विपद समाधान गर्ने स्वतस्फुर्त कार्य नभइ फगत एउटा परियोजानाको रुपमा बुझ्ने गल्ति समाज सेवा गर्छु भन्नेले त बुझे कै छन, साथ साथै समाजले समेत यसरी नै बुझी रहेकोमा केहि स्वच्छ भावनाका साथ स्वयंसेवी कार्य गर्ने प्रति गरिएको नकारात्मक धारणाले साच्चै समाजसेवा गर्नेहरु निरुत्साही छन ।

नेपाली समाज समेत यहि दुर्भाग्यको खेलमा फसेको छ जहा समाजसेवा गर्ने ध्येय की कुनै राजनितिक पार्टीको उपल्लो तहको हिमचिमले आफ्नो आर्थिक बिकास गर्ने रहने वा त्यस कार्य गरे वापत समाजमा आफैलाई ठालु घोषणा गर्ने अर्धज्ञानको विकास भैरहेको छ । समाजसेवामा मानविय ब्यवहारको अत्यन्तै महत्व हुन्छ, न कि रुपैयाँको, समाजसेवामा स्वयंसेवी रुपमा श्रम सहयोग गर्ने वा १ रुपैया दान गर्नेको सम्मान र मुल्य पनि त्यति नै हुन्छ जति लाखौ खर्च गर्नेको हुन्छ भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । गरीब दुःखी र विभिन्न पिडाबाट पिडितहरुको सेवा गर्नु उत्कृष्ट मानबिय कार्य हो, नकी पिडा भएको स्थानलाई “Place of Project Implementation”घोषणा गरी दुःखलाई परियोजनाकरण गर्नु ।

यसको बाबजुद पनि समाजसेवा एउटा स्वच्छ भावनाका साथ विपदको बेला समाजमा राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारीक एकता र विकासको लागि गरिने महत्वपूर्ण कार्य हो जसले हाम्रो समाजमा राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र पारिवारीक कलह, बिग्रह, मानसिक बिक्षिप्तता ब्यवस्थापन गर्न गराउन महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । अहिलेको कोभिड – १९ को महामारीको बिषम परिस्थितीमा अझ सामाजिक सेवाको अत्यन्तै महत्व रहेको छ । महामारीमा निष्ठताका साथ गरिने सामाजिक सेवाको महत्व रहन्छ, जसरी एउटा सैनिकले युद्दको बेला आफ्नो ज्यानको बाजी लगाएर युद्द मैदानमा आफुलाई उत्साहित बनाएर लडिरहेको हुन्छ त्यसरी नै एउटा समाजसेवीले महामारीको बेला आफुलाई समर्पण गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा चाहे गरिव निमुखाहरुलाई बिहान बेलुकीको छाक टार्ने ब्यवस्था गर्न होस चाहे अत्यावश्यक सेवाहरुको बितरणको लागि होस समाजसेवीहरु अत्यन्तै जोखिमका साथ आफ्नो कार्य गरिरहेका छन । कोरोना भाइरसको जोखिमको बाबजुद सधै गरिरहेको कार्य गर्न स्वयंसेवक बनेर यत्रतत्र कार्य गरिरहेका नै छन स्वयंसेवीहरु ।

(लेखक मिसेस व्यूटी क्वीन नेपाल २०१९ फस्ट रनर अप  तथा समाजसेवी  हुन्)

सिफारिस

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । गृहमन्त्रायमा आयोजित...

भर्खरै

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको