फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य (विज्ञप्तिसहित)

भारतीय आयल निगमले नेपाल आयल निगमलाई बेच्ने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय निगमले आज पेट्रोल ५.६१ रुपैयाँ, डिजेल ५.६२ पैसा र हवाई इन्धन ४.९५ रुपैयाँ बढाएर मूल्यसूची पठाएको हो ।

मूल्य बढाएर आएसँगै १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि निगमले नेपाली उपभोक्ताको लागि मूल्यवृद्धिको निर्णय भने लिइएको छैन ।

यसअघि अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको भन्दै निगमले पटक पटक मूल्य बढाइसकेको छ । निगमका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा मात्रै करीब २४ अर्व नोक्सान भइसकेको छ ।

 पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ रान पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम सानो अंशले मल्य समायोजन गर्दा पनि प्रति महिना निगमले ४ अर्व भन्दा बढी ऋण लिनुपर्ने वाध्यात्मक अवस्था रहेको बताएको छ ।

निगमको सञ्चिती रकम र अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिदमा सकिए पछि पछिल्लो समय नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोषबाट समेत  १ अर्व ८० करोड प्राप्त गरी निगमले ईण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरेको थियो ।

पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाई हुने देखिन्छ ।

हाल भारतको सिमावर्ती बजार रक्सौल भन्दा नेपालको विरंगज क्षेत्रमा प्रति लिटर पेट्रोल  ३२. २४ ले सस्तो, डिजेल २५.३१ ले सस्तो, एल.पी.ग्यास प्रति सिलिण्डर  ५०।६५ ले सस्तो र हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कलकत्ताभन्दा काठमाडौंमा  ३५.९६ ले सस्तो रहेको विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको