काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
कार्यकारी निर्देशक छनोट समितिको बैठकले कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका १६ उम्मेदवार उनीहरुलाई मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । उनीहरुमध्ये मध्ये एक जना प्रतिस्पधाबाटै बाहिरीएका थिए ।
बाँकी रहेका १५ आवेदक सहभागी प्रतिष्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ ।
सिफारिसको पहिलो नम्बरमा रहेका भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक हुन् ।
सिटौला विभागबाट पुर्ननिर्माण प्राधिकरणमा सरुवा भएपछि सहसचिवबाटै सेवा निवृत्त भएका थिए । उनी यसअघि उद्योग विभागको महानिर्देशक थिए ।
