बजारमा ग्यास अभाव हुन सक्ने, उपभोक्ताले धमाधम सिलिन्डर भर्न थाले

काठमाडौं । बजारमा ग्यास आपूर्तिमा चाप परेको छ । व्यवसायीहरूले ढुवानी भाडा बढाउन माग गर्दै चैत पहिलो सातादेखि आन्दोलन गर्ने चेतावनी दिएसँगै उपभोक्ताले धमाधम ग्यास सिलिन्डर भरिरहेका छन् ।

पेट्रोलियम व्यवसायीले आपूर्ति ठप्प पार्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलन भएपछि ग्यास पाउन मुस्किल पर्ने आशंका गर्दै उपभोक्ताहरू सिलिन्डिर भर्न र अतिरिक्त जम्मा गर्न लागिपरेका हुन् । जसकारण ग्यास आपूर्तिमै चाप परेको हो ।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन, नेपाल ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले सरकारलाई ग्यास ठप्प पार्ने चेतावनी दिइसकेका छन् ।यस्तो चेतावनी दिएका हुन् ।

उनीहरूले पेट्रोल र डिजेलको मूल्य बढ्दा ढुवानी लागत बढेको र सोहीअनुसार ढुवानी भाडा समायोजन गर्नुपर्ने माग राख्दै आएका छन् । यो माग पूरा नभए सरकार र नेपाल आयल निगमलाई जसरी पनि घुँडा टेकाउने उनीहरूको दाबी छ ।

चेतावनीपछि उपभोक्ताको घर–घरमा रहेका ग्यासका खाली सिलिन्डर बजारमा आउन थालेको छ । जसले समग्र बजारको ग्यास आपूर्तिलाई नै दबाब दिइरहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्लीले बताए ।

नेपालमा दैनिक सरदर १ लाख सिलिन्डिर ग्यास खपत हुने गरेको र यस हिसाबले मासिक औषतमा ३० लाख सिलिन्डर ग्यास खपत हुने एलपी ग्यास उद्योग संघले जनाएको छ ।

तर, बजारमा ग्यास उद्योगका डेढ करोडभन्दा बढी सिलिन्डर छरिएर रहेको संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारीले बताए । बजारमा छरिएर रहेको सबै ग्यास सिलिन्डर आएमा माग र आपूर्ति श्रृङ्खलामा थप समस्या हुने उनी स्वीकार्छन् ।

संघका अनुसार हाल बजारमा २० देखि २५ प्रतिशत माग बढेको छ । यसका साथै, रूस र युक्रेनबीच जारी युद्धले पछिल्लो समय अन्तरराष्ट्रिय बजारमै सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपालको पेट्रोलियम बजार पूर्णतः अन्तरराष्ट्रिय बजारमा निर्भर छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्दा नेपाल स्वतः प्रभावित बन्छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको