प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे : युवायुवतीमा छाएको विकृति

✍️ रामेश्वर शर्मा भुर्तेल

“सम्बन्ध कसैको नि बन्धन नबनोस्
भित्रभित्रै तड्पाउँने क्रन्दन नबनोस्

बिश्वासले जोड्नुपर्छ प्रेमको नाता सँधै
हृदयको साम्राज्य विखण्डन नबनोस”

नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ ।
यो दिन प्रेमी प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परका व्यक्ति समक्ष प्रेम प्रस्ताव पनि राख्ने गरिन्छ । दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् । शहर बजारका विभिन्न फूल पसल रातो गुलाबले झकिझकाउ भएका छन् ।

प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

यो पर्व वा दिवसमा गुलाफको फूल अफ्नो प्रेमी प्रेमिका लाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। विशेष गरि युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ। प्रतेक वर्ष यो पर्व वा दिन नेपालमा मात्र ५,००,००० गुलाफ को बिक्री हुने गर्छ।

प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ त कसैले भनेर देखाएर हुने चीज पनि होइन् । प्रेम त एक स्वतस्फूर्त रुपमा हुने चार्ज हो । प्रेम व्यक्तिको आत्मबाट आउने एक प्रकारको सकारात्मक भाव हो । जसले एक प्रकारको आत्मीयता जगाईदिन्छ

प्रेम दिवस, युवायुवती र विकृति

मायामा अडेको यो संसार, अब मायाको सरल विश्लेषण अनि परिभाषा गर्ने दुस्साहस त हामी पक्कै गर्ने छैनौं तर यति अवश्य भन्दछौ कि यो संसारका हरेक मनहरूमा मायाको गुरुत्वाकर्षण भरिएको छ जसले हरेक हृदय अनि आँखालाई तानिरहेकै हुन्छ ।

लौ है! तपाईले माया गर्नुभएको या तपाईलाई माया गर्ने अनि एकअर्कासित माया छँदाछँदै पनि जोडिन नसकेका जीवनका धागाहरु लगायत सबैलाई यादहरूलार्इ लाखाैं गुलाबका फूलहरू, माया त माया नै हो, कि कसो ?

त्यो पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टाैं घोरीएर शब्द रोजी रोजी पठाएका SMSहरु, राती राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु अनि सङ्गै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू… मन परेको केटा या केटी सङ्गै हुँदा या बोल्दा महशुस हुने काउकुती अनि अनेक भावनाको रमणिय संसारतर्फ लाने त्यो संसार । मायाका कथाहरु याद गर्दै मायाका नयाँ आयामहरुको शुरुवात गर्ने विशेष दिन हो आज, भ्यालेन्टाईन डे ।

आखिर प्रेम दिवसलाई आधुनिक युवापुस्ताले आधुनिकताको नाममा अनेकौ विकृति फैलाएका छन् । युवायुवतीमा एक प्रकारको विकराल रुप देखा पर्न थालेको छ । जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन् । कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउछौ । यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती भित्राएका छन् । आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताको जीवन नारकीय बनाएको छ । उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढदो छ माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ । गर्लफ्रन्ड र ब्याइ फैन्ड बनाउने त फेसन नै चलेको छ ।

त्यसैले चाडपर्वको मौलिकतालाई ध्यानमा राख्दै यसलाई संही तरिकाले मनाउनुपर्छ भद्घा प्रदर्शन र अश्लीलताबाट बचाउनुपर्छ । माया प्रर्दशन गरेर होइन् साथीको मन, व्यवहारबाट जित्नुपर्छ, विश्वासपूर्ण रुपमा आफनो भावना व्यक्त गर्नुपर्छ अरुको लहलहैमा लागेर होइन् संही तरिकाले मनाउनुपर्छ तब मात्र प्रेम दिवसको सार्थकता हुन्छ । प्रेम त्यस्तो बनोस् भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाप होइन् खुसी र संन्तुष्टि फिजाउन पाइयोस् जहाँ एक मनले अर्को मनको कदर गरेको होस् । तब मात्र प्रणय दिवस मनाउनुको सार्थकता हुन्छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको