सेना, प्रहरी र सशस्त्रको नयाँ तलब स्केल : प्रधानसेनापतिको ७० हजार नाग्दा सिपाहीको कति ? (सूचीसहित)

काठमाडौं – सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को साउन १ गतेदेखि लागू भएको सरकारी सेवा क्षेत्रका सबै तहका कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत सार्वजनिक गरेको बजेट अनुसार नयाँ तलबमान अर्थ मन्त्रालयले स्वीकृत गरेको थियो ।

जसअनुसार सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ । निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन एक गतेनै लागू हुनगरी नयाँ तलब कायम गरिएको छ ।

नेपाली सेनाको सबैभन्दा माथिल्लो तह प्रधानसेनापतिले शुरु तलब स्केल ६७ हजार १ सय ४०, ग्रेड संख्या २ र ग्रेड दर २ हजार २ सय ३८ गरेर जम्मा ७० हजार ६ सय १६ रुपैयाँ मासिक पाउनेछन् । सबैभन्दा तल्लो तह फलोअर्स प्रथम स्तरले २१ हजार ४ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या २ र ग्रेड दर ७ सय १६ गरेर जम्मा २२ हजार ९ सय १२ पाउनेछन् ।

मन्त्रालयले स्वीकृत गरेको नयाँ तलबमान अनुसार सबैभन्दा माथिल्लो तह माध्यामिक प्रथम श्रेणीका शिक्षकले ४९ हजार ३ सय ८० शुरु तलब स्केल पाउनेछन् । सबैभन्दा तल्लो प्राथमिक एसएलसी दुई विषयभन्दा बढी अनुत्तिर्णले शुरु तलब स्केल २२ हजार ६ सय ८०, ग्रेड संख्या ६ र ग्रेडदर ७ सय ५६ गरेर जम्मा २७ हजार २ सय १६ रुपैयाँ पाउनेछन् ।

यस्तै नेपाल प्रहरीको सबैभन्दा माथिल्लो तह प्रहरी महानिरीक्षक (आईजीपी) ले शुरु तलब स्केल ६२ हजार ६ सय ८०, ग्रेड संख्या २ र ग्रेड दर २ हजार ९० गरेर जम्मा ६६ हजार ८ सय ६० रुपैयाँ पाउनेछन् । सबैभन्दा तल्लो तह फलोवर्स अर्थात सयसले शुरु तलब स्केल २१ हजार ४ सय ८०, ग्रेड संख्या १० र ग्रेड दर ७ सय १६ गरेर जम्मा २८ हजार ६ सय ४० रुपैयाँ पुगेको छ ।

सशस्त्र प्रहरी बलको सबैभन्दा माथिल्लो तह सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)ले ६२ हजार ६ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या २ र ग्रेड दर २ हजार ९० गरेर जम्मा ६६ हजार ८ सय ६० रुपैयाँ पाउनेछन् । सबैभन्दा तल्लो फलोवर्स सयसले २१ हजार ४ सय ८० शुरु तलब स्केल, ग्रेड संख्या १० र ग्रेड दर ७ सय १६ गरेर जम्मा २८ हजार ६ सय ४० रुपैयाँ पाउनेछन् ।

कति पुग्यो सेनाका महारथीदेखि फलोअर्स प्रथम स्तर सम्मका कर्मचारीको तलब ?

प्रहरीको कति पुग्यो ?

सशस्त्र प्रहरी बलको कति ?

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको