मेलम्ची बाढीपीडित क्षेत्रमा नदी तटवन्धको लागि तत्काल १६ करोडको ठेक्का खुल्दै

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नदीमा आएको बाढीपीडितहरुको राहत तथा नदीको तटवन्धको लागि सरकारले तत्काल कार्यक्रम ल्याउने भएको छ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले बाढी प्रभावित क्षेत्र सिपाघाट, भीमटार, बाहुनेपाटी, मेलम्ची बजार तथा हेलम्बुको वैशाख २९ गते स्थलगत अवलोकन गर्नुभएको थियो । अवलोकनबाट फर्किए लगत्तै मन्त्री खड्काको निर्देशनमा वर्षायाम सुरु हुनु अगावै काम गर्नका लागि १६ करोड रकम बराबरको ब्यवस्था गरि तत्काल ठेक्का खोल्न निर्देशन दिनुभएको हो ।

 सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतको आग्रहमा बाढी प्रभावित क्षेत्रको स्थलगत क्षेत्रमा मन्त्री खड्कासहित राज्यमन्त्री खमबहादुर गर्वुजा, सिँचाई सचिव सरिता दवाडी, सिँचाई विभागका महानिर्देशक सन्जिव बराल, उपमहानिर्देशक सन्तोष कैनी लगायतको टोली पुगेका थिए ।

पहिलो पटक उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बाढी प्रभावित क्षेत्रमा- तत्काल बजेट ब्यवस्थापन

२०७८ असार १ मा गएको विनाशकारी बाढी पछि मेलम्ची र हेलम्बु क्षेत्र मुख्य प्रताडित बनेको थियो भने बाढीले सिपाघाटसम्म क्षति पुर्याएको थियो । सरकारका प्रधानमन्त्री, खानेपानी मन्त्रीदेखि भौतिक मन्त्रीहरु पटक पटक मेलम्ची पुगेपनि कुनै काम हुन सकेको थिएन । तर पहिलो पटक स्थलगत अवलोकनमा पुग्नुभएका खड्काले विजुली गतिमा काम गर्न निर्देशन दिदै तत्काल बर्षायामबाट हुने क्षति रोक्न तत्काल १६ करोड बराबरको ठेक्का लगाएर काम गर्न निर्देशन दिनुभएको हो । सिँचाई विभागका उपमहानिर्देशक सन्तोष कैनीले बाढी प्रभावित क्षेत्रमा तत्काल काम गर्न मन्त्री ज्यूले दिनुभएको निर्देशन अनुसार केही दिनभित्रै ठेक्का खोल्ने र कामको गति बढाउने बताउनुभयो ।

जनताको पक्षमा काम गर्ने मन्त्री- सांसद बस्नेत

सिन्धुपाल्चोक प्रतिनिधि सभा २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले मन्त्री खड्का जनताको पक्षमा शसक्त काम गर्ने मन्त्री भएको बताउनुभयो । अरु मन्त्री कुरा गर्छन, उहाँ एक्सन ‌ओरिन्टेड हुनुहुन्छ, त्यसैले पहिलो पटक स्थलगत अवलोकनमा आउने वित्तिकै यो आउने बर्षाले थप क्षति नपुराओस भनेर १६ करोड भन्दा बढीको ठेक्का मेरै अनुरोधमा गर्न लाग्नुभएको छ । सिन्धुपाल्चोक वासीको तर्फबाट धन्यवाद दिदै सांसद बस्नेतले यो बजेटमा बाढी प्रभावित हेलम्बु, मेलम्ची र सिपाघाटदेखि भीमटार क्षेत्रमा करोडौं बजेट विनियोजन हुने बताउनुभयो ।

बर्षाअघि नै तटबन्धको लागि स्थानीय तहबाट माग भएपछि मन्त्री खड्काको निर्देशनमा बजेटको सुनिश्चिता भएपछि स्थानीय सागरकुमार श्रेष्ठले भने- धेरै मन्त्री आए-गए तर काम गर्ने मन्त्री दिपक खड्का पो हुनुहुदो रहेछ । बोलेअनुसार काम गर्ने मन्त्री भएको कामले नै पुष्टी गर्न लाग्नुभएको छ । म धन्यवाद दिन चाहान्छु ।

हेलम्बुका स्थानीयवासी एवं पत्रकार विष्णु खड्काले बाढी प्रभावित क्षेत्रमा सरकारले ध्यान दिने हो भने तत्काल पूर्ननिर्माण र तटवन्धको काम अगाडी बढाउनुपर्ने बताउनुभयो । स्थलगत भ्रमणको ३ दिनभित्रै १६ करोडको ठेक्का खोल्ने मन्त्री खड्काको निर्देशनलाई स्वागत गर्दै बर्षायाममा हुने क्षति रोक्न यसले ठुलो सघाउ पुग्ने बताउनुभयो । मन्त्री खड्काको निर्देशनमा हेलम्बु मेलम्ची भेगको विकासका लागि आउने आर्थिक बर्षमा करोडौं रकम विनियोजन गर्नका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।

मेलम्चीको बाढीले तिम्बु बजार, किउल बजार, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्ची बजार नराम्ररी क्षति भएको थियो भने हजारौ रोपनी जग्गा बगाएको थियो । अर्बोको धनजनको क्षति भएपनि सरकारले पर्याप्त ध्यान नदिदाँ बाढी प्रभावित क्षेत्रको विकासमा खासै काम हुन सकेको थिएन । तर बजेटको ब्यस्त समयमा पनि मन्त्री खड्का आफैं मन्त्रालयको टिम लिएर बाढी प्रभावित क्षेत्रमा पुगेर काम गर्ने प्रतिवद्ता जनाएपछि स्थानीयहरुमा खुसीको सञ्चार भएको छ । मन्त्री खड्का यसअघि खानेपानी राज्यमन्त्री हुदाँ पनि मेलम्ची र हेलम्बु क्षेत्रमा पुगी विकासको काममा सारथी बन्नुभएको थियो भने रोकिएको मेलम्ची आयोजनाको काम खड्काकै पहलमा तत्कालीन समयमा अगाडी बढेर हेलम्बुबाट पानी सुन्दरीजल आएको थियो ।

स्थलगत अवलोकनका केही दृश्यहरु –

 

 

सिफारिस

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

धेरै पढिएको