युरोपेली सङ्घ (ईयू) ले सन् २०३५ पछि कार्बन उत्सर्जन गर्ने सवारी साधनको विक्रीमा प्रतिबन्ध लगाउने भएको छ।
ईयू संसद्ले तापक्रम वृद्धि घटाउनका लागि जैविक इन्धनबाट सञ्चालन हुने सवारी साधनमाथि प्रतिबन्धलगायतका विषय समेटिएको मस्यौदा अनुमोदन गरेको हो।
मस्यौदामा सन् २०३० सम्ममा पृथ्वीको तापक्रम बढाउन जिम्मेवार ठानिएका क्षेत्रको प्रभाव ५५ प्रतिशतले घटाउने विषय पनि समेटिएको छ।
प्रस्तावमा सन् २०३५ पछिको नयाँ वर्षमा कार्बनडाइअक्साइड फाल्ने सवारी साधन शत प्रतिशत रोकिने प्रतिबद्धता जनाइएको छ।
मस्यौदाको उद्देश्य सन् २०३५ पछि सिङ्गो युरोपलाई विद्युतीय सवारीमा परिणत गर्ने हो भन्ने व्याख्या छ।
प्रस्तावित मितिसम्ममा लाखौँ चार्जिङ स्टेशन बनाउनु पर्ने हुन्छ भने जैविक इन्धनबाट चल्ने सवारी साधन उत्पादन गर्दै आएका सयौँ कम्पनीहरू पनि विद्युतीय सवारी उत्पादकमा परिणत हुन बाध्य हुनेछन्।
जैविक इन्धनका सवारी बिक्रीमा प्रतिबन्ध लगाउने प्रस्ताव अनुमोदन हुन नदिन जर्मन अटोमोबाइल्स एसोसियसनलगायतले गरेको प्रयास असफल भएको छ।
फोर्ड, भोल्भो र फक्सवागन जस्ता ठूला कार निर्माता कम्पनीले पनि प्रस्तावको स्वागत गरेका छन्। रासस/एएफपी
