भरतपुरमा रेनुको अर्को चमत्कार, महानगरलाई अर्बाै रुपैयाँ फाइदा

चितवन -एक निजी संस्थाले हकभोग गर्दै आएको अर्बाै रुपैयाँ पर्ने जग्गा भरतपुर महानगरपालिकाले आफ्नो स्वामित्वमा ल्याएको छ । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको भरतपुरको मुख्य शहरमा रहेको एक बिघा १५ धुर जग्गा महानगरले आफ्नो स्वामित्वमा ल्याएको हो ।

नेपाल नेत्रज्योती संघले हकभोग गर्दै आएको भरतपुर ओरालोबाट उत्तरतर्फको कुल एक बिघा सात कठ्ठा १५ धुर जग्गामध्ये संघलाई सात कठ्ठा छाडेर बाँकी जग्गा भरतपुर महानगरपालिकाले आफ्नो स्वामित्वमा लिने विषयमा बिहीबार महानगर र संघबीच सहमति भएको हो । सहमति पत्रमा महानगर प्रमुख रेनु दाहाल र संघका सभापति कृष्णराज धरेलले हस्ताक्षर गरेका छन् ।

‘वर्षाैँदेखि निजी संस्थाले हकभोग गर्दै आएको जग्गा स्थानीय सरकारको स्वामित्वमा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको ठान्छु’, दाहालले भनिन् । उक्त जग्गालाई आवश्यकता अनुसार प्रयोग गरिने उनले बताइन् ।

युनाइटेड स्टेट अफ अमेरिका एजेन्सी फर इन्टरनेशनल डिभलपमेन्ट मिसन टु नेपाल (यूएसएड)को नाममा फिल्ड बुक दर्ता कायम रहेको उक्त जग्गा संघले २०४६ पुस २६ गतेदेखि हकभोग गर्दै आएको थियो ।

एक बिघा सात कठ्ठा १५ धुरजग्गामध्ये सात कठ्ठामा संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल चिजकुमार, विष्णुकुमारी श्रेष्ठ बहिरंग सेवा विभागको भवन रहेको छ ।

बाँकी जग्गामा एक व्यवसायीले जंगल आइल्याण्ड होटल सञ्चालन गरेका थिए । जग्गा भाडा सम्झौता अवधि सकिएपछि संघले होटलसँगको सम्झौता रद्द गरेको छ ।

हाल होटलभित्रका संरचना र रुख कटानको काम भइरहेको छ । अस्पतालको भवन रहेको जग्गा संघको नाममा दर्ता गर्ने र कुनै कारणले दर्ता हुन नसके संघले नै आफ्नो परियोजना सञ्चालन गर्न पाउने कुरामा महानगरले मञ्जुरी दिएको छ ।

त्यस्तै, अस्पतालले बनाउन लागेको अर्काे भवनको लागि महानगरले स्रोत व्यवस्थापन गरिदिने र भवनको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गरिदिनेगरी संघ र महानगरबीच बिहीबार सहमति भएको हो ।

सहमति भएसँगै महानगरले आफ्नो स्वामित्वमा ल्याउन जग्गाको लालपुर्जा महानगरको नाममा बनाउनुपर्ने छ । अब लालपुर्जा बनाउने प्रक्रिया अघि बढ्ने महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको