गोप्य सूचना ‘बेच्ने’ सशस्त्रका हवल्दार जेल चलान, अरु पनि छानबिनमा

काठमाडौं । संगठनको कामकारबाही, हतियार तथा जनशक्तिसम्बन्धि संवेदनशील ‘लिक’ गरेको आरोपमा सशस्त्र प्रहरी बलका एक हवल्दार जेल चलान भभएका छन् ।

सशस्त्र प्रहरी बल अदालतले सशस्त्र प्रहरी बल, नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल सशस्त्र प्रहरी बल, नेपाल नं. ४४ गण हेडक्वार्टर दार्चुलामा काज कार्यरत कामु बरिष्ठ हवल्दार नरेश सिंह साहुलाई थुनामा पठाइएको हो।

संगठनको गोप्य र संवेदनशील सूचना भाइबर लगायत सामाजिक संजाल मार्फत संचारमाध्यमलाइ उपलब्ध गराउने तथा संगठनका विरुद्ध वेनामी उजुरी समेत हालेको छानबिनमा खुलेको थियो ।

हेर्दा सामान्य लाग्ने तर गोप्य रहनुपर्ने जनशक्ति लगायतको विवरण शाहले पत्रकारहरुलाइ अनधिकृत रुपमा उपलब्ध गराएको सशस्त्र प्रहरी स्रोतले बतायो । गणभित्र कति हतियार छन्, कति बिदामा छन् भन्ने सूचना लिक गराएका थिए । जून सुरक्षा संवेदनशीलताका दृष्टिकोणले गम्भीर मानिन्छ ।

उनलाई सशस्त्र प्रहरी ऐन¸ २०५८ को बर्खिलाफ गरेको देखिएपछि सशस्त्र प्रहरी विषेश अदालतमा यही आसार २२ गते मुद्दा दायर गरिएको थियो ।

सोही बमोजिम साहुलाई आज २४ गते थुनछेकको वहसको क्रममा सशस्त्र प्रहरी बिशेष अदालतको आदेशमा पछि ठहरे बमोजिम हुने गरी हाललाई पूर्पक्षका लागि थुनामा पठाइएको हो ।

आरोप प्रमाणित भएमा उनलाई सर्बस्व सहित जन्मकैद हुन सक्छ । संगठनको सुचना यसरी अनधिकृत रुपमा बाहिर पठाएमा हदै सम्मको कारबाही गरिने सशस्त्र प्रहरी ऐनमानै स्पस्ट ब्यबस्था गरिएको छ ।

गोप्य सूचना ‘बेच्ने’ अन्य केही सशस्त्र प्रहरीहरु समेत छानबिनमा रहेको स्रोत बताउँछ । सशस्त्र नेतृत्व तहको बैठकले गरेको १० बुँदे निर्णय नै लिक गरेको घटनामा पनि छानबिन भइरहेको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको