मौद्रिक नीति: यी ४ व्यवसाय गर्न पाइने भयो सस्तो ब्याजदरमा २ करोडसम्म ऋण

नेपाल राष्ट्र बैंकले उत्पादन मुलक र निर्यातजन्य क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा वितरण गर्ने व्यवस्था ल्याएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्दै सो व्यवस्था गरिदिएको हो। उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता ल्याइने राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीतिमा भनिएको छ, ‘हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिनेछ।’

त्यस्तै, राष्ट्र बैंकले ८ प्रतिशत आर्थिक वृद्धिदर र ७ प्रतिशत मुद्रास्फीतिलाई कायम राख्ने भएको छ। मौद्रिक नीतिले नेपाल सरकारको बजेट वक्तव्य २०७९÷८० ले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र मुद्रास्फीतिलाई ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको हो।

नेपाल जस्तो सानो र आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले सुविधाजनक स्तरमा विदेशी विनिमय सञ्चिति कायम गर्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति कायम राख्दै माग पक्षबाट मूल्यमा चाप पर्न नदिई लक्षित आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

त्यस्तै, चालु आर्थिक वर्ष (आव) २०७९/०८० को मौद्रिक नीति सार्वजनिक भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ । यसैगरी सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड कायम गरिएको छ ।

गभर्नर अधिकारीले कोभिड १९ को समयमा दिइएको सहुलियतलाई कटौती गरेको पनि बताए । उनले कृषि र कोभिड महामारीबाट अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरवलोकन गरिने बताए ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

यस्तो छ मौद्रिक नीति :

सिफारिस

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान देशका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

धेरै पढिएको