सकियो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक, के- के गर्यो निर्णय ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले चुनावका लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङ्दम्बेले जानकारी दिए।

‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरिनेछ’, बैठकको निर्णय सुनाउँदै उनले भने।

यसैगरी निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको उनले जनाए।

यसैगरी कांग्रेसले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान पनि सारेको छ। यसअघि भदौ २ गतेदेखि गर्ने भनिएको उक्त अभियान भदौ १० गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ।

बैठकले निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको हो ।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बैठकले आगामी निर्वाचनकालागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको बताए ।

‘हाम्रो विधानले तल्ला तहबाट उम्मेदवार सिफारिस गर्ने र संसदीय समितिले टुंगो लगाउने व्यवस्था गरेको छ । त्यहीअनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ क–कसको आकांक्षा छ भन्ने कुरा तल्ला तहबाट सिफारिस गर्न बैठकले परिपत्र गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘अब कार्यालयले त्यहीअनुसार तल्ला तहलाई परिपत्र गर्ने छ ।’

मिश्रित निर्वाचन प्रणालीअनुसार नेपालमा ६० प्रतिशत प्रत्यक्षतर्फ निर्वाचित हुने र समानुपातिकतर्फ ४० प्रतिशत निर्वाचित हुने व्यवस्था छ । त्यहीअनुसार दलहरूले उम्मेदवारी दिनेछन् ।

सिफारिस

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान देशका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

धेरै पढिएको