काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ – काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा  रङ्गिएको हो।

मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप रौनक भरेको छ । दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा, कमलपोखरीसंगै ललितपुरको महालक्ष्मीस्थानको सडकछेउमा फुलेका ज्याकाराण्डाले राजधानीको सौन्दर्यलाई बढाएको छ । विशेष गरेर कमलपोखरीमा मानिसहरू सेल्फी र भिडियो खिच्नहरूको भिड नै लाग्ने गरेको छ  ।

ललितपुरको महालक्ष्मीस्थानको सडकछेउमा फुलेका ज्याकाराण्डा फूल। तस्वीर : एपी तोलाङ्

पतझड प्रजातिको यो वनस्पति फुल्दा यसका फूलहरूले रूखलाई ढपक्कै ढाकिदिन्छन् । हाँगाहरू तेर्सिएर फिँजिने भएकाले यसका बोटहरूले गर्मीमा छायाँ दिएर बटुवाहरूलाई शीतलता प्रदान गर्छन् । ज्याकाराण्डा फूलले सहरको वातावरण पनि औधी मनमोहक बनाइदिन्छ ।

अघिपछि उजाड देखिने यी ठाउँमा अहिले ज्याकाराण्डा फुलले मनमोहन बनाइदिएको छ । ज्याकारान्डा रैथाने नभई आगन्तुक अर्थात पाहुना फूल हो। यो फूल मध्य तथा दक्षिण अमेरिकाबाट नेपाल आइपुगेको बताइन्छ। दक्षिण अमेरिकाबाट भारतसम्म आएको यो फूल त्यहाँ काम गर्ने विशेषतः लाहुरेहरुबाट नेपाल आएको मानिन्छ।

ललितपुरको महालक्ष्मीस्थानको सडकछेउमा फुलेका ज्याकाराण्डा फूल। तस्वीर : एपी तोलाङ्

ललितपुरको महालक्ष्मीस्थानको सडकछेउमा फुलेका ज्याकाराण्डा फूल। तस्वीर : एपी तोलाङ्

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको