नेपाली सेनाले माग्यो ठूलो संख्यामा अधिकृत क्याडेट, कसरी आवेदन ? (सूचनासहित)

नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी) का लागि दरखास्त आह्वान गरिएको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले शुक्रबार बिहान जारी गरेको सूचनाअनुसार नेपाली सेनामा रिक्त २९९ जना सहायक सेनानी माग गरिएको हो।

रिक्त पद खुला तथा समावेशी प्रतिस्पर्धाबाट छनोट गरिने सूचनामा उल्लेख गरिएको छ। तोकिएका ८ भर्नाकेन्द्रमा दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ। दरखास्त आजदेखि असोज ३० सम्म दिन सकिने जनाइएको छ।

हेर्नुहोस् सूचना

त्यस्तै, नेपाली सेनाले पृतनाकै संरचनामा फर्किएको छ। यही भदौ २१ गते बसेको मन्त्रिपरिषदको बैठकले सेनालाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको थियो।

चार कमाण्डको संरचना असफल भएपछि सरकारले पृतनामै फर्काउँदै पुरानै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।त्यही निर्णयअनुसार नेपाली सेना पृतना, बाहिनी, गण र गुल्महरूको संरचनामा फर्किने भएको छ।

सैनिक मुख्यालयस्थित कार्यरथी विभागले बुधबार पुरानै संरचनामा फर्किएको भन्दै मातहतका सबै ब्यारेकलाई जानकारी गराएको हो।

पत्रमा नेपाली सेनाको परिचालन, कार्य प्रकृति र कमाण्ड कन्ट्रोल तथा नेपाल सरकारका अन्य निकायसँगको समन्वयको आवश्यकतालाई मध्यनजर गर्दै पुरानै पृतनाको संरचनामा फर्किनु परेको उल्लेख छ।

पुन:स्थापित पृतनाहरूलाई विगतमा दिएकै जिम्मेवारीमा यथावत राखिएको छ। चारवटा कमाण्डमा जानु पहिले सेनामा देशभर ८ वटा पृतना थिए।

तर २०७८ साउनदेखि तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले पृतना खारेज गर्दै चार कमाण्डमा चलाउने निर्णय कार्यान्वयनमा ल्याएका थिए।

तर एक वर्षमै उक्त निर्णयबाट नेपाली सेना पछि हटेको हो। नेपाली सेनाको पुरानो संरचनामा पूर्वी पृतना, मध्यपूर्वी पृतना, मध्य पृतना, उपत्यका पृतना, पश्चिम पृतना, मध्यपश्चिम पृतना, उत्तर पश्चिम पृतना र सुदुरपश्चिम पृतना थिए।

सिफारिस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

धेरै पढिएको