नेता भनेका प्रचण्ड र देउवा हुन् : घनश्याम भुसाल

काठमाडौं- एमालेबाट राजीनामा दिएर रुपन्देही-१ मा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई पुनःस्थापना गर्ने क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले नेतृत्वदायी भूमिका खेलेको बताएका छन्।

‘पहिलो संसद् विघटनपछि संसद् पुनःस्थापनाको नेता, त्यो पार्टीका अध्यक्षको हिसाबले प्रचण्ड नै हो। जसले त्यसको लिड गरेको थियो। दोस्रो संसद् पुनःस्थापनाको नेता नै शेरबहादुर देउवा हो’, शनिबार वाम-लोकतान्त्रिक गठबन्धनमध्ये माओवादी केन्द्रको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले भने।

उनले वाम-लोकतान्त्रिक गठबन्धनको राजनीतिक औचित्य, सन्दर्भ र वैधता रहेको बताए। उनले यो गठबन्धनलाई बचाउन र अगाडि लैजानुपर्ने बताए।

भुसाल उम्मेदवार भएको रुपन्देही- १ मा सत्ता गठबन्धनले उनलाई समर्थन गरेको छ। विशेगषरी सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा त्यस क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो।

तर, भुसालले स्वतन्त्र उम्मेदवारी दिने भएपछि माओवादी केन्द्रले आफ्नो उम्मेदवारी दिएको थिएन। भुसालले त्रिभुज चुनाव चिह्न पाएका छन्।

कार्यक्रममा भुसालले नेकपा माओवादीले मंसिर ४ मा बाकस भरिभरि मत पाउने बताए। ‘नेकपा माओवादी केन्द्रको फौज यहाँबाट छुट्यो। अब यसले मंसिर ४ का दिन भरिभरि बाकस बोकेर मात्रै फर्किन्छ। त्यसपछि मात्रै यसले सास फेर्छ, थकाइ फेर्छ’, उनको भनाइ थियो।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको