माओवादीको घोषणा पत्र: कार्यकारी राष्ट्रपति र जननिर्वाचित प्रदेश प्रमुख बनाउने (पूर्णपाठ)

नेकपा माओवादी केन्द्रले जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख बनाउने भएको छ। त्यसका लागि अहिलेको संविधान संशोधन गर्नुपर्ने छ।

अध्यक्ष प्रचण्डले सोमबार सार्वजनिक गरेको प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्रमा स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने उल्लेख छ।

विगतको अनुभव र जनचाहनाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएकोले संविधान संशोधन गर्ने माओवादीले बताएको छ। उसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएको छ।

‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ,’ माओवादीको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘ संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ।’

यस्तै प्रदेश प्रमुख चुन्न पनि जनताबाट प्रत्यक्ष निर्वाचन गर्ने प्रतिवद्धता माओवादीले गरेको छ।

‘प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने छ,’ प्रतिवद्धतापत्रमा लेखिएको छ, ‘१६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको सब्घीय संसद र समग्रमा ३३० सिटको प्रदेशसभा हुनेछ । संघमा २५ जनामा नबढाई र सम्बन्धित प्रदेशसभामा कुल सांसद संख्याको १५ प्रतिशतमा नबढाई सानो आकारको मन्त्रीमण्डल गठन गर्ने व्यवस्था गरिने छ ।’

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको