यसकारण अबको प्रधानमन्त्री प्रचण्ड

नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकार बनाउने भएको छ। सोमबार पार्टी कार्यालय पेरिसडाँडाबाट अध्यक्ष प्रचण्डले सार्वजनिक गरेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्रमा सो कुरा उल्लेख छ।

८१ पृष्ठमा समेटिएको प्रतिवद्धता पत्रमा जनतालाई बारम्बार प्रतिगमन विरुद्धको सङ्घर्षमा लागि रहनुपर्ने बाध्यता हटाउने कार्य माओवादी केन्द्रकै नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरिएको छ। सात बुँदामा सरकारको नेतृत्व गर्नुेपर्नाको कारण खुलाइएको छ।

‘सामाजिक न्यायसहितको समृद्धिको तत्कालीन लक्ष्य र समाजवादको रणनीतिक लक्ष्य पूरा गर्न स्पष्ट एवम् दृढ शक्ति ने.क.पा. (माओवादी केन्द्र) मात्र हो,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘तसर्थ, हाम्रो पार्टीले राज्यको नेतृत्व गरे मात्र यो मूल कार्यभार पूरा गर्न सम्भव हुनेछ।’

माओवादीले अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्व कालमा भएका महत्वपूर्ण काम लोडसेडिङ मुक्त गराएको उल्लेख गरिएको छ। ‘खासगरी दोस्रो कार्यकालमा मधेश आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराई छोटै समयमा पनि आर्थिक वृद्धि र सामाजिक विकासको आधार तयार गरियो। मुलुकलाई बर्सौंदेखिको लोडसेडिङबाट मुक्त तुल्याउने, काठमाडौँं–निजगढ द्रुतमार्ग लगायतका ठुला आयोजनाहरूको निर्माण कार्य अघि बढाउने, चीनसँग वान बेल्ट वान रोड सम्झौतामा हस्ताक्षर गर्ने, प्रधानमन्त्री स्वयंले निर्माणाधीन ठुला आयोजनाहरूको अनुगमन गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी तुल्याउन प्रक्रियागत सुधार गर्ने जस्ता कार्यहरू गरिए,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘यिनै पहलहरूको आधारमा चौधौं त्रिवर्षीय योजनाले राखेको लक्ष्यभन्दा बढी आर्थिक वृद्धि हासिल हुन सक्यो। यसबाट ने.क.पा. (माओवादी) को नेतृत्व भएमा छोटो समयमा पनि विकास र समृद्धिको दिशामा धेरै उपलब्धि हासिल गर्न सम्भव छ भन्ने शिद्ध भएको छ ।’

माओवादीले गल्ती विनम्रतापूर्वक स्वीकार गर्ने पार्टी भएकोले जनतासामु इमानदारीपूर्वक आत्मालोचना गर्दछ र गल्ती–कमजोरी सच्याउँदै एवम् थप रूपान्तरित हुँदै अघि बढ्ने सङ्कल्प गरेको छ।

‘हाम्रो पार्टीले अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा वैचारिक–सांस्कृतिक रूपान्तरणको महाअभियानमा हेलिँदै अघि बढ्ने घोषणा २०७८ सालमा सम्पन्न आठौँ राष्ट्रिय महािधवेशनबाट गरेको छ,तसर्थ ने.क.पा. (माओवादी केन्द्र) बाट नै नेतृत्व र निकास सम्भव छ, सामाजिक न्यायसहितको समृद्धिको तात्कालिक मूल कार्यभार समाजवाद निर्माणको रणनीतिक कार्यभार पूरा गर्नुपर्नेछ,’ प्रतिवद्धतापत्रमा छ।

माओवादीले नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको स्मरण पनि गरेको छ। ‘प्रचण्डले जनयुद्धको नेतृत्व गर्नुभयो, जनआन्दोलनसँग जनयुद्धको संयोजन गर्नुभयो, गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व गर्नुभयो, संविधानसभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो, संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी सङ्घर्षको नेतृत्व गर्नुभयो। नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ । तसर्थ, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा मात्र यतिबेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ,’ १० औ पृष्ठमा उल्लेख गरिएको छ।

माओवादीले आर्थिक रुपान्तरणको मुख्य नीतिहरु अगाडि सारेको छ। यस्तै स्थिरताको लागि शासकीय स्वरुप परिवर्तन गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जन निर्वाचित प्रदेश प्रमुखको व्यवस्था गर्ने माओवादीले संकल्प गरेको छ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको