एमालेसंग फेरी एकता हुन्छ ? यसो भन्छन् प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई २० वर्षसम्म निरन्तर लगिने बताएका छन्।

कतिपयले चुनावपछि गठबन्धन के हुन्छ? नयाँ बन्छ कि भन्ने अनुमान गरिरहेको उल्लेख गर्दै प्रचण्डले कम्तिमा १५/२० वर्षसम्म यही गठबन्धनलाई कायमै राख्ने बताए।

लमजुङको राइनासमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो गठबन्धन चुनावसम्म मात्रै होइन। कतिपयले भन्छन् चुनावपछि फेरि अर्कै गठबन्धन बन्छ कि, हुँदैन केही पनि। जबसम्म यो देशमा संविधान, लोकतन्त्र र शान्तिमाथि तथा जनताले पाएको अधिकारमाथि चुनौती रहिराख्छ, तबसम्म यो गठबन्धन पनि गइराख्छ। १०, १५, २० वर्षसम्म जाओस्। अब अर्को प्रयोग हुँदैन।’

प्रचण्डले पछि के गर्छ भनेर कतिपयले शंका गर्ने गरेको उनले बताए। ‘केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेर आएको छु। अब त्यो ज्ञान यताउता हुनेवाला छैन। यही गठबन्धनलाई लिएर जाने हो,’ उनले भने।

उनले आफू र नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सँगसँगै देशका विभिन्न चुनावी सभामा गएको र सत्ता गठबन्धनका पक्षमा विस्तारै जनलहर आइरहेको दाबी गरेका थिए।

‘हाम्रो जीत सुनिश्चित छ। जितिसकेपछि विकास निर्माण र समृद्धि तथा सुशासनमा ध्यान दिने हो। राजनीतिक परिवर्तन हुने तर आर्थिक विकास नहुने गर्दा राजनीतिक परिवर्तन दीगो भएन। अब सबै तागत विकास समृद्धि र सुशासनका लागि लगाउने हो,’ उनले भने।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको