पछिल्लो समय चुनावी सभाहरूमा एमाले कार्यकर्ताहरूले चर्काे स्वरमा नेता भीम रावलको नाम लिन थालेपछि अध्यक्ष केपी शर्मा ओली हैरान छन्। मन्तव्यकै क्रममा उनले झोक्किँदै र रावलको आलोचना गर्दै जवाफ दिने गरेका छन्।
खासगरी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि जिल्ला, क्षेत्र र प्रदेश कमिटीबाट एकल नाम सिफारिस हुँदासमेत आफ्ना विरोधी भएकै कारण भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएपछि कार्यकर्तादेखि सञ्चारमाध्यमसम्म ओलीलाई प्रश्न गर्ने गरिएको छ।
चुनावी सभामा होस् वा अन्तर्वार्तामा, भीम रावल र घनश्याम भुसालको नाम उच्चारण हुनासाथ ओली रिसाउने गरेका छन्। र, उनीहरू पार्टी विरोधी भएको आरोप लगाउने गरेका छन्।
चुनाव लड्ने टिकटबाट वञ्चित गर्नासाथ भुसालले एमाले छाड्दै गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिए पनि रावल भने पार्टीभित्रै रहेर अध्यक्ष ओलीको विरोध गरिरहेका छन्।
यसै क्रममा नेता रावलले ओलीको नाम नलिईकन उनीविरुद्ध ‘बोल्न बन्द गर’ शीर्षकमा व्यंग्यात्मक कविता लेखेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक उनको कवितामा ओलीको अहम् र निरंकुशताको चित्रण गरिएको छ।
हेर्नुहोस् रावलकै ट्विटर :
नेपाली राजनीतिकाे एउटा पाटाेः pic.twitter.com/wMcLC4x7F1
— Bhim Rawal, PhD (@BhimRawal179) November 13, 2022
