नेपाली कांग्रेस र नेकपा एमालेका पुरानै प्रतिस्पर्धी भिडिरहेको काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ।
बूढानीलकण्ठ नगरपालिका १ को १५ सय ११ मत गन्दा यहाँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अग्ररता बनाएका छन्।
उनले ताजा अवस्थामा ६६७ मत ल्याउन सफल भएका छन्। उतलाई पछ्याइरहेका नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ६३३ मत ल्याएका छन्।
यसअघि २०७४ को निर्वाचनमा यहाँ कांग्रेसका थापा विजयी भएका थिए। तर स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसभन्दा एमाले केही बलियो देखिएको थियो।
यो पटक गगनले आफूले यहाँबाट जिते नेपाली कांग्रेस दलको नेता भएर प्रधानमन्त्री बन्ने योजनासहित भोट मागेका थिए।
