ललितपुर क्षेत्र नं २ मा एमालले अग्रता कायमै राखेको छ। एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७ सय ७८ मत ल्याएका छन्।
हाम्रो नेपाली पार्टीका सदिन शाक्यले ४ हजार ६ सय मत पाएका छन्। राप्रपाका रघुवरराज थापाले ३ हजार ४ सय ३४ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २ सय ६२ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले २ हजार ८ सय २८ मत मात्रै पाएका छन्। उनी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्।
त्यस्तै, लतितपुर क्षेत्र नं ३मा माओवादी केन्द्रकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उछिनेकी छन्।
पहिलो स्थानमा नेकपा एमालेका अमृत खड्का छन्। दोस्रो स्थामा कार्की र भुसाल बीच अघिपछि चलिरहेको छ।
पछिल्लो मत परिणामा अनुसार एमाले ९ सय ३६ , राष्ट्रिय स्वतन्त्र ८सय ७५ र माओवादी केन्द्र ७ सय ७५ रहेको छ।
