चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान साढे ६ बजेसम्म आइपुग्दा घन्टी चिह्न लिएर चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोस्रो स्थानमा उक्लेका छन्।
मतगणना सुरू भएदेखि लगातार तेस्रो स्थानमा रहँदै आएका लामिछाने नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन्।
अहिलेसम्म ७०४१ मत गन्दा रवि लामिछानेले २२२७ मत ल्याएका छन् भने उमेश श्रेष्ठको मत २०३६ मत छ।
यहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले २३३१ मत ल्याएका छन्।
उता, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले फराकिलो अग्रता बढाउँदै लगेका छन्।
जम्मा १० हजार ९७० मतगणना हुँदा सभापति देउवाले ५ हजार ६२१ मत प्राप्त गरेका छन्। यता स्वतन्त्र उम्मेदवार सागर ढकाल देउवाभन्दा दोब्बर मतले पछि रहेका छन्। उनले २ हजार ५९९ मत प्राप्त गरेका छन्।
यता कांग्रेस बीपीका कर्ण मल्ल भने १६३६ मतसहित तेस्रो स्थानमा छन्। गनिएका मतमध्ये हालसम्म ६८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
