नेकपा एमालेका महासचिव शंकर पोखरेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । उनलाई दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।
बिहीबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार रेखाले १५० भन्दा बढीको झिनो मतान्तरसहित शर्मा विजयी भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने विजेताको औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।
को हुन् रेखा शर्मा ?
त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन । २०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी महिलाको केन्द्रीय सदस्य भएकी थिइन । त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी थिइन । उनी २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारी को केन्द्रीय अध्यक्ष भइन । २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट उनी पार्टीको केन्द्रीय सदस्य र काठमाडौं उपत्यमा उपब्युरोको प्रमुख भएर काम गरिन ।
उनका श्रीमान कृष्णध्वज खड्का पूर्व विद्यार्थीका केन्द्रिय अध्यक्ष र अहिले लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री र प्युठानका माओवादी नेता हुन । माओवादीको शिर्षस्थ महिला नेतामा पर्ने रेखा शर्मा जनयुद्दकाल देखि राष्ट्रियस्तरमा परिचित नाम हो । रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन युद्धकालमै जितेकी थिइन । युद्धकाल देखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए । सरल र मिजासिलो स्वभावकी रेखा आकर्षक भाषण र संगठन कला भएकी जुझारु लिडरको रुपमा माओवादी भित्र स्थापित छिन ।
युद्धको उत्कर्ष संकटकालको समय २०५८ साल चैतमा उनी काठमाडौंको चाहविलबाट पक्राउ परिन । उनी श्रीमान कृष्णध्वज खड्का सहित पक्राउ परेकी थिइन । सेनाले ०५८ साल चैतमा दुबैलाई एकैसाथ पक्राउ ग¥यो । आफूहरु लुकेर बसेको कोठाबाटै उनीहरु पक्राउ परेका थिए । पार्टीको संघर्षका कार्यक्रमका विषयमा छलफल गर्ने क्रममा चाबहिलमा एक सहयोगीका कोठाबाट उनीहरुसँगै समातिएका थिए ।
दुबैलाई अनुहारमा कालो मुखुण्डो लगाई हात पछाडि लगेर हत्कडी लगाएर शुरु भयो उनीहरुलाई यातना दिने क्रम । रेखा भन्छिन, ‘कोठाभित्रै मलाई खुट्टामा समाएर उँधोमन्टो झुण्ड्याए र अरुले अनुहार र शरीरमा बुट बजार्न थाले । झ¥यामझुरुम एकैचोटी कति बुट हाने कति ।’ सेनाले माथिल्लो तहका नेताहरु कहाँ छन भनेर सोधेका थिए । भन्न इन्कार गरेपछि भकुर्नु भकुर्थे ।
सेनाले रेखा र कृष्णध्वज माथि यातनाका विभिन्न ‘प्रयोग’हरु गरे । नाक बन्द गरेर मुखमा पानीको पाइप हालिदिनेदेखि शरीरलाई चक्कुले चरचरी चिर्नेसम्मको यातना रेखाले बेहोरेकीछिन । चक्कुले चिरेका दाग र भाँचिएका करङ् सहितको शरीर लिएर अहिले पनि रेखा इमान्दारिताको राजनीतिमा आफू भित्रको उर्जा पोखाइरहेकी छिन । नरोकी लगातार १० दिनको चरम यातना, मुखमा मुकुण्डो, चाडोमा चिसो भूँईमा सुत्नुपर्ने, न खाना न पानी । पानी माग्दा ट्वाइलेटको फोहोर पानी ल्याएर पिउन लगाउँथे चरम अमानवीय यातनाको शिवीरबाट उठेकी राजनीतिक व्यतिmत्व हुन रेखा शर्मा । उनी कुनै पावर, आफन्त वा कसैको चाकडी नगरी आजको स्थानमा आफनैं क्षमता, आफनै संघर्ष र आफैभित्रको बलियो इच्छा शतिmले आइपुगेकी हुन ।
२०५९ सालमा सरकार र माओवादीको वार्ता शुरु भएपछि रिहाई भएसँगै उनी पार्टीको नियमित काममा अहिले स्थायी समिति जस्तो माओवादीको शिर्ष तहमा रहेकीछिन । २०७० सालमा संविधान सभामा समानुपातिक सांसद बनेकी रेखा त्यतिबेला डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन । पार्टीले विश्वास गरेर उनलाई माओवादीको तर्फबाट संसदमा प्रमुख सचेतको जिम्मेवारी समेतदिएको थियो । सामान्यप्रशासन मन्त्री भएर आफनो क्षमता संसद र मन्त्री हुँदा देखाइसकेकी छन् ।
