रोचक प्रतिस्पर्धाबीच कांग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की निर्वाचित भएका छन्। उनले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीको जितसँगै कार्की दोस्रो पटक संसद भवन प्रवेश गरेका छन्। कार्की भोजपुरबाट पटक पटक निर्वाचनमा पराजित भएपछि २०७४ को निर्वाचनदेखि सुनसरी -४ बाट चुनाव लडेर निर्वाचित भए। त्यतिबेला कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष समेत रहेका कार्कीले २०४७ सालमा कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बनेका बेला स्वकीय सचिव भएर काम गरेका थिए।

भोजपुरमा लगातार तीनपटक हारेपछि उनले सुनसरीबाट निर्वाचन जितेका हुन्। मन्त्री कार्की २०५६ को चुनावमा भोजपुर(१ बाट पुनः चुनाव लडे। त्यस बेला पनि उनलाई भाग्यले साथ दिएन। एमाले फुटेर हेमराज राई मालेको उम्मेवार बन्दा पनि उनले जित्न सकेनन्।

पहिलो संविधानसभामा पनि कार्की भोजपुर(१ बाट चुनाव लडे। यो चुनाव कार्कीका लागि हारको ह्याट्रिक बन्यो। त्यसपछि कार्कीले २०७० को दोस्रो संविधानसभा चुनाव लडेनन्। उनी समानुपातिकतर्फबाट सांसद बने। कार्की २०७४ सालमा सुनसरी क्षेत्र नम्बर–४ बाट विजयी भए।

भोजपुरको सविकको देउराली गाविस–४ मा जन्मेका कार्की २०३३ सालदेखि कांग्रेसको राजनीतिमा लागेका हुन्। उनी ४ वर्ष जेल बसेका छन्।

राष्ट्रपतिकी आमा मिथिला पाण्डे ज्ञानेन्द्र कार्कीकी फुपूकी छोरी हुन्। राजनीतिक रूपमा सधैं अलग लाइनमा रहे पनि भण्डारी र कार्कीबीच दाजुबहिनीका रूपमा हार्दिकतापूर्ण सम्बन्ध छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको