समानुपातिक मत अपडेट: एमालेले थप्यो एक सिट, अरु कुन दलको अवस्था के छ ?

प्रतिनिधिसभा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ नेकपा एमालेभन्दा १३ सिटले अगाडि नेपाली कांग्रेस समानुपातिकमा भने ऊभन्दा सवा लाखभन्दा बढी मतले पछि परेको छ।

एक करोड ४ लाख ७८ हजार ७ सय ३५ सदर मत गनिसक्दा एमालेले सबैभन्दा धेरै २८ लाख १४ हजार ६ सय ५५ समानुपातिक मत ल्याएको छ। कांग्रेसभन्दा एमाले १ लाख २६ हजार ४ सय ३७ मतले अगाडि छ। समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको कांग्रेसले भने अहिलेसम्म २६ लाख ८८ हजार २ सय १८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।

यस्तै मत गणनाको सुरुवातमा कतिपल्ट नेकपा माओवादी भन्दा अगाडि भएको राष्ट्रिय स्वतन्त्र पार्टी अन्तिम चरणमा ऊभन्दा पछाडि परेको छ।

यो खबर लेख्दासम्म नेकपा माओवादी केन्द्रले ११ लाख ६४ हजार १ सय २ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७ सय ७८ मत पाएको छ। अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा माओवादी केन्द्र ३९ हजार ३ सय २४ मतले अघि छ।

यसैगरी समानुपातिक मतका हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी पनि आपसमा नजिक छन्। यो खबर लेख्दासम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८ सय १६ मत ल्याएको छ भने जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ५४ मत पाएको छ। अर्थात् यी दुई दलबीच १ लाख ६५ हजार ८ सय ६२ छ।

गणना अनुसार एमालेले सबैभन्दा बढी ३४ सिट पाउनेछ। कांग्रेसले एमालेभन्दा दुई सिट कम ३२ सिट पाउनेछ। माओवादी र पहिलो पटक चुनाव लड्दै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले ११ लाख भोट ल्याएका छन्। रास्वपा भन्दा माओवादीले ३८ हजार चानचुन बढी भोट ल्याएको छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा माओवादीले १४ र रास्वपाले १३ सिट पाउने देखिन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउनेछ।

तराई मधेश केन्द्रित दुई पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीबीच २६ हजार चानचुन मत अन्तर छ। तर मत परिणाम विभाजक सूत्रबाट हिसाब गर्दा दुवै पार्टीले समान ५-५ सिट पाउने देखिएको छ।

अहिलेसम्म ७ दलले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्डभन्दा मुनि समानुपातिक मत पाउने दलले सांसद निर्वाचित गर्न पाउँदैनन्। अहिलेसम्म माथि उल्लिखित सात दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनुपर्छ।

गन्न बाँकी समानुपातिक मतबाट थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै कम छ। थ्रेसहोल्ड भेट्टाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले पनि मत पुर्‍याउन निकै मुस्किल छ। आयोगका सहायक प्रवक्ताका अनुसार थ्रेसहोल्ड भेट्न ३ लाख १७ हजारदेखि १८ हजारसम्म मत ल्याउनुपर्ने देखिएको छ। एकिन हिसाब भने सबै मत गनिसकेपछि निस्किन्छ।

सिफारिस

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान देशका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

धेरै पढिएको