भूकम्प पीडितलाई मेयर बालेनको ठूलो सहयोग

काठमाडौं महानगरपालिकाले डोटीका भूकम्प पीडितलाई १० लाख सहयोग प्रदान गरेको छ। महानगरले विपद व्यवस्‍थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गरेको हो।

कात्तिक २३ गते गएको भूकम्पले त्रिपालमा रात काट्न बाध्य भएपछि सहयोग माग्दै पीडितहरू महानगरपालिकाका प्रमुख बालेन शाहसँग भेट्न गएका थिए। यसरी पीडितहरू भेट्न आएपछि महानगरले आर्थिक सहयोग गरेको हो।

‘महानगरको विपद व्यवस्थापन अन्तर्गतको बजेटबाट १० लाख रुपैयाँ सहयोग गाउँपालिकालाई गरेका थियौं। यो भन्दा धेरै गर्न हाम्रा आफ्नै सीमाहरू छन्,’ उनले भनेका छन्।

यसरी सहयोग गरेकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। डोटीमा कात्तिक २३ गते गएको ६.६ रेक्टर स्केलको भूकम्पले ३८ सय घर-टहरा भत्काएको स्थानीय गाउँपालिकाको तथ्यांक छ।

परालको टहरा बनाएर बसेको स्थानमा चितुवा आक्रमणमा मान्छेको मृत्यु भएको कुरा पीडितले शाहलाई भनेका थिए। ‘चितुवाको डर छदैछ, त्यसमाथि पुस महिनाको जाडो बढेको छ। हिउँ पर्न सुरू भए थप समस्या आउने देखिन्छ,’ पिडितहरूले शाहसँग भनेका थिए।

राज्य संयन्त्र, सम्बन्धित मन्त्रालय, सांसद, सरकारी तथा गैरसरकारी स‌ंस्था लगायतले पनि पीडितहरूलाई सहयोग गर्न शाहले अनुरोध गरेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोली आउने भनेपनि भूकम्प गएको लामो समय बित्दा पनि नआएको पीडितको गुनासो छ। प्राधिकरणको टोली छिटो आउने भन्दै पटकपटक ढाँटेको पीडितहरूले आरोप लगाएका छन्। उनीहरूले घर पुनर्निर्माण छिटो गर्नुपर्ने माग राखेका छन्।

९ सय ६३ जना भूकम्प पीडित चिसो शित-लहरमा त्रिपालमा कठ्यांग्रिएर बस्न बाध्य छन्। आंशिक तथा पूर्णरूपमा घर क्षति भएकाहरू नेपाल रेडक्रस, गाउँपालिका तथा विभिन्न संघ-संस्थाको सहयोगमा पाएका त्रिपालमुनि बसिरहेका छन्।

पूर्वीचौकी गाउँपालिका रोजगार शाखाका प्रमुख हरिभक्त साउँदका अनुसार केन्द्रबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको टोली आएपछि भूकम्प प्रभावितहरूको दीर्घकालीन व्यवस्थाबारे काम हुनेछ।

उनले गाउँपालिकाबाट भूकम्प प्रभावितहरूको सम्पूर्ण विवरण संकलन गरेर तयार अवस्थामा राखेको तर केन्द्रबाट प्राधिकरणको टोली अहिलेसम्म नआएको बताए। उनले टोली आएपछि गाउँपालिकाबाट पनि हुने थप सहयोगका काम अगाडि बढ्ने बताए।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको