गगनलाई दिएनन् आफ्नै समूहका सांसदले साथ, ६ सांसद देउवा तिर

नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।

दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए ।

महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । तर बुधबार बिहान भएको मतदानमा देउवाले ६४ मत पाउँदा गगनले २५ मत मात्र पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका क्रममा ११ जना सांसदहरुले आफूले मत हालेको मतपत्रको तस्बिर खिचेका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान भएको मतदानका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको निर्देशनमा उनीहरुले मत दिएपछि मतपत्रको तस्बिर खिचेका हुन्।

यसलाई लिएर संसदीय दलका एकजना प्रतिस्पर्धी गगनकुमार थापाले मतदानस्थलमै विरोध जनाएका छन्। थापाले आफूहरुको विरोधका बावजुद सांसदहरु जस्तो जिम्मेवारीमा रहेकाहरुले यस्तो गर्नुलाई दु:खद भनेका छन्।

‘मोबाइल फोन निषेध गर्दा पनि केही महिला सांसदहरुले छाप हालिएको फोटो खिचिएको भन्ने कुरा आएको छ’, उनले भने, ‘पार्टीको आन्तरिक निर्वाचन के होला भनेर हामीले स्वीकार गरेका छौँ। पार्टीका केही वरिष्ठ नेताहरु मतदान खसाउने ठाउँमै कुरेको भनेर बसिरहे। हामीले भन्दाभन्दै १०/११ जनाले छाप हालेको तस्बिर खिचे।’

उनले जनताद्वारा निर्वाचितहरुको यो कार्य असुहाउँदो भने। ‘एउटा त सांसद आफैंले पनि बुझ्ने कुरा हो। किन फोटो खिच्नु भएको हो? कस कसले खिचेको हो सबैलाई थाहा छ’, उनले भने, ‘मैले नै गनेको थिएँ, १० /११ जना साथीहरुले तस्बिर खिचेका छन्। यस्तो होला कि भनेर मैले त पहिले नै भनेको हो।’

उनले परिणाम जे आए पनि स्वीकारेर जाने बताए। ‘जे भए पनि अब परिणाम नस्वीकार्ने कुरै छैन। उहाँहरु (मतपत्रको फोटो खिच्ने सांसद) ले त्यो मतपत्रको फोटो छातीमा टाँसेर हिँडे पनि हुन्छ। ज-जसले खिच्नु भयो, उहाँहरुले बेलुका सामाजिक सञ्जलामा हाल्नुस्, मैले यसमा भोट हालेँ भनेर।’

२०७४ मा पनि आफूले शेरबहादुर देउवासँग प्रतिस्पर्धा हुँदा प्रकाशमान सिंहनलाई मतदान गरेको बताए। ‘त्यसबेला पनि नेतृत्व बदल्ने पक्षमा जनमत थियो’, उनले भने, ‘अहिले पनि पार्टीको नेतृत्वमा सबैको आस्था छ। नेपाली कांग्रेसले सरकार चलाउँदै गर्दा नेता, नीति र शैली बदलिनुपर्छ भन्ने थियो। अहिले पनि हामीले चाहेको त्यही हो।’

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको