कांग्रेस बागमतीको संसदीय दलमा को-को भिड्दैछन् ? तोकियो निर्वाचन हुने मिति

बागमती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन १३ पुसमा हुने भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश निर्वाचन समितिले दलको नेता चयनका लागि निर्वाचनसम्बन्धी कार्यक्रम तय गरेको हो ।

निर्वाचन समिति संयोजक चन्द्र महर्जनले बागमती प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा मतदात कार्य हुने जानकारी दिए । यसअघि दलको निर्वाचन काठमाडौंमा गर्ने की हेटौँडामा भन्ने विषय टुंगिएको थिएन । अधिकांश सांसदले निर्वाचन काठमाडौंमै गनुपर्ने राय राखे पनि अन्ततः समितिले निर्वाचन हेटौँडामा गर्ने भएको छ ।

बागमती प्रदेशसभामा कांग्रेसको ३७ सिट छ । प्रत्यक्षमा २५ सिट जितेको कांग्रेसले समानुपातिकबाट १२ सिट ल्याएको थियो । कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।

संसदीय दलको नेतामा नुवाकोटबाट निर्वाचित बहादुर सिं लामा र मकवानपुरबाट निर्वाचित इन्द्रबहादुर बानियाँको दाबी रहँदै आएको छ । लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । बागमतीका ३७ सांसदमध्ये संस्थापन पक्षका मात्रै ३२ जना रहेको जनाइएको छ ।

शेखर कोइराला पक्षका सांसद ५ जना रहेको जनाइएको छ । कोइराला समूहबाट हालसम्म दलको नेतामा दाबी नरहेको बुझिएको छ । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले कांग्रेस बागमती दलको निर्वाचन रोचक मोडमा पुगेको छ । मुख्यमन्त्रीमा लामा र बानियाँले पार्टी नेतृत्वमा निरन्तर दबाब दिँदै आएका छन् । गठबन्धनको भागवण्डामा पनि बागमतीको मुख्यमन्त्री कांग्रेसले पाउने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।

निर्वाचन कार्यक्रमअन्तर्गत् १२ पुस दिउसो १ बजे मतदाता नामावली प्रकाशित गरिने समिति संयोजक महर्जनले जानकारी दिए । मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय सोही दिन एक घण्टालाई प्रदान गरिने छ भने ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने महर्जनले जानकारी दिए ।

१३ पुस बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने समय दिइएको छ । सोही दिन दिउसो १ बजेर ४५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर २ बजेदेखि मतदान सुरु गरिने महर्जनले बताए ।

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको