सकियो गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाई

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाई सकिएको छ ।शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा नागरिकता सम्बन्धी मुद्दाकाे बहस सकिएकाे हाे । पक्ष-विपक्ष र सरकारी वकिलको बहसपछि अब फैसला सुनाइने भएकाे छ ।

फैसला शुक्रबार नै सुनाउने बारेमा न्यायाधीशहरूले कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबार गृहमन्त्री लामिछानेका कानून व्यवसायीहरुले अन्तिम बहसकाे सुनुवाई गरेका थिए ।

त्यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि नागरिकता सम्बन्धी मुद्दाकाे अन्तिम सुनुवाई सकिएको हो । आज लामिछानेका तर्फबाट केही वकिलले बहस गरेका थिए भने रिट निवेदकका वकिलले जवाफी बहस गरेका थिए।

लामिछानेको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता नरेन्द्र गौतमले यो रिट संवैधानिक इजलाससम्म जसरी आइपुग्यो त्यसको प्रक्रिया नै नपुगेको तर्क गरे।

उजुरीमार्फत् संवैधानिक इजलाससम्म पुग्नुपर्ने कुरा रिटमार्फत आएको उनको भनाइ थियो। ‘यो रिटको बाटो मिलेको छैन,’ उनले भने,‘ यसरी रिट आउन थाले भने संवैधानिक इजलासले कसरी धान्न सक्छ।’ लामिछानेले नागरिकता पुन: प्राप्तिको प्रक्रिया पूरा नगरेको सन्दर्भमा उनले यसबारे कानुनले नै दुईथरी व्यवस्था गरेको जिकिर गरे।

‘नागरिकता ऐनले एकातिर विदेशी नागरिकता लिए नेपालको नागरिकता आफैं कायम नहुने कुरा गर्छ अर्कातिर विदेशी नागरिकता लिए नेपालको नागरिकता त्याग्नुपर्ने कुरा गर्छ,’ गौतमले भने, ‘लामिछानेले नेपालको नागरिकता नै नत्यागेकाले पुन: लिने प्रक्रिया गर्नु नै पर्दैन।’

लामिछानेको तर्फबाट बहस गरेका अर्का अधिवक्ता आशिष अधिकारीले अमेरिकी नागरिकता त्यागेपछि लामिछानेलाई राज्यविहीन बनाउन नमिल्ने तर्क गरे।

‘नेपालले यो विषयमा अन्तर्राष्ट्रिय सन्धी-सम्झौतामा हस्ताक्षर गरेका छ। योग्यता पुगेको कसैलाई राज्यविहीन बनाउन मिल्दैन,’ उनले भने। अमेरिकाको नागरिकता त्यागेपछि उहाँलाई राज्यविहीन बनाउन मिल्दैन।

अर्का अधिवक्ता यज्ञमणि न्यौपानेले नेपालको संविधान र कानुनअनुसार योग्यता पुगेको नागरिकलाई नागरिक प्रमाण पत्र नलिएको आधार नेपाली भन्न नमिल्ने तर्क गरे। एक पटक नेपाली नागरिकता लिइसकेको र फेरि नेपाली नागरिक हुन योग्य व्यक्तिले फेरि नागरिकता प्रमाण पत्र लिनै पर्छ भन्ने नभएको उनको तर्क थियो।

लामिछानेका वकिलहरूको बहस सकिएपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संघीय संसदमा को अयोग्य छ र हुन सक्छ भन्ने हेर्ने संवैधानिक इजलासले नै भएकाले रिट जसले जसरी ल्याए पनि हुने तर्क गरे।

लामिछानेले अमेरिकाको नागरिकता लिएपछि नेपालको नागरिकता खारेज भएकाले फेरि नागरिकता लिन प्रक्रियामा जानुपर्ने बताए। लामिछानेले नेपाली राज्यलाई अमेरिकी नागरिकता त्याग्न लागेको सूचना दिए पनि अमेरिकी नागरिकता त्यागेको निस्सा राज्यलाई नबुझाएको बताए। अमेरिकी नागरिकका रूपमा नेपाल आएर लामिछानेले श्रम स्वीकृति नलिइकनै काम गरेको उल्लेख गर्दै भण्डारीले कानुन नमान्ने लामिछानेको प्रवृत्ति रहेको बताए।

उनले लामिछाने नेपाल राज्यप्रति इमानदार नभएको पनि दाबी गरे। ‘लामिछानेले गरेको कुरालाई ठिकै मान्ने हो भने नागरिकतामा व्यक्ति हावी हुन्छ र राज्यको नियन्त्रण हुन्न र यसले अप्ठेरो स्थिति पार्छ,’ उनले भने।

अर्का अधिवक्ता रमण कर्णले भने- लामिछानेलाई कसैले पनि नेपाली नागरिक होइनौ, नेपाली नागरिकता लिन योग्य छैनौ र नागरिकता दिन्न पनि कसैले भनेको छैन। उहाँ आफैं नागरिकता लिन नगएको हो।

अर्की अधिवक्ता अमिता श्रेष्ठले नागरिकता विवादमा रहेको मानिस गृह मन्त्रालयको नेतृत्वमा पुग्नु नैतिकताको विषय भएको बताइन्। ‘निर्वाचन आयोगले बेलैमा निर्णय गरेको भए यो मुद्दा पहिला नै सकिन्थ्यो अर्कातिर नागरिकता विवाद भएको व्यक्ति गृह मन्त्रालयको नेतृत्वमा हुनुहुन्थेन। यो नैतिकताको पनि विषय हो,’ श्रेष्ठले भनिन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको