रास्वपाले समर्थन फिर्ता लिन लागेको हो ? यसो भन्छन् प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि कारणबाट तत्कालै सत्ता समीकरण फेरबदलको सम्भावना नरहेको बताएका छन्।

बिहीबार पेरिस डाँडामा बसेको स्थायी समिति बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन फिर्ता लिँदैन। उहाँहरु पछि हट्नु हुन्न मैले बुझेसम्म’, उनले पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने।

त्यस्तै प्रचण्डले अहिले नै राजनीतिक समीकरण फेरबदलको कुनै सम्भावना नरहेको पनि बताएका छन्। ‘अहिले नै राजनीतिक समीकरण फेरबदल हुँदैन’, उनले भने, ‘तत्कालै त्यस्तो केही हुँदैन।’

गृहमन्त्री र राष्ट्रपतिलाई लिएर सात दलीय गठबन्धनमा खटपट आएको चर्चाबीच प्रचण्डले यही समीकरण कायमै रहने बताएका हुन्।

गत शुक्रबार सर्वोच्च अदालतको फैसलापछि गैरसांसद भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालय मागिरहेका छन्।

तर प्रचण्ड सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल गृह रास्वपालाई दिने पक्षमा छैनन्।

उता फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेससहितको राष्ट्रिय सहमतिको चर्चा माओवादीले गरिरहेका बेला एमाले सशंकित भएको छ। यस्तो शंका आशंकाबीच प्रचण्डले यसही समीकरण कायमै रहने बताएका हुन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको