उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा के- के भयो कुरा ?

बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा गठबन्धनलाई अझै बलियो बनाएर लैजानेबारे कुराकानी भएको छ।

सरकारका कामकारबाहीबारे पनि समीक्षा भएको छ। सरकारका कामकारबाहीबारे कहीँकतै कमीकमजोरी देखिए भने सुधार गर्दै लैजानेबारे पनि कुराकानी भएको छ।

बैठकपछि उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा गठबन्धनलाई झन् बलियो बनाएर लैजानेबारे छलफल गरिएको बताए।

‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीबारे पनि समीक्षा भयो,’ उनले भने, ‘यस किसिमका भेटघाटलाई आगामी दिनमा कायमै राख्ने कुरा भएको छ।’

उनले राष्ट्रपति निर्वाचनबारे आज छलफल नभएको बताए। गठबन्धनमा पूर्ववत जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्ने उनले बताए।

‘राष्ट्रपति निर्वाचनबारे आज छलफल भएन। बाहिर आएका कुरा भ्रमपूर्ण छन्,’ उनले भने, ‘पहिले भएका सहमतिमा सत्ता साझेदार दलभित्र कुनै असहमति छैन। कुनै समस्या देखिएमा छलफलबाटै समाधान गर्छौं।’

उनले राष्ट्रपति निर्वाचन तथा उम्मेदवारलाई लिएर सत्ता गठबन्धनभित्र मतभेद नरहेको पनि दाबी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा ल्याउनेबारे पनि कुराकानी भएको र उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्ने बैठकमा सहभागी राप्रपा अध्यक्ष लिङ्देनले बताए।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष लिङ्देन थिए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको