राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भयो : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो भएको टिप्पणी गरेका छन्।

आइतबार पार्टीको भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो टिप्पणी गरेका हुन्।

‘अहिले हामीले त्यहाँ देख्यौं। नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले,’ अध्यक्ष नेपालले भने, ‘पहिले त केके न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे।’

रास्वपाका सभापति रवि लामिछानेप्रति इकिंत गर्दै नेपालले भने, ‘पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ। कुन दिन त्यो गठबन्धन भत्किने हो? ठेगान छैन।’

त्यस्तै, अबको एक हप्ताभित्र सत्ता गठबन्धनको भविष्य टुंगो लाग्ने अध्यक्ष नेपालले दाबी गरे। गठबन्धनमा संविधानविरोधी पक्षपातीसम्म सबै खाले शक्तिहरू रहेको भन्दै लामो समय नटिक्ने नेपाललको तर्क छ।

‘कुन दिन त्यो गठबन्धन भत्किने हो? ठेगान छैन। त्यो गठबन्धनको सरकार भत्केपछि अनि काँग्रेसले, एकीकृत समाजवादीले काँध थाप्लाकि भनेर त्यहाँ चिन्ता सूरु भइसकेको छ। ढोक्सा थाप्ने भनेको त्यही हो,’ नेपालले भने, ‘त्यताबाट आएपछि यता जोगाउँछन कि भनेको यही हो। त्यसो हुनाले मुलुकको राजनीतिले कुन कोर्स लिने हो? राष्ट्रपतिको चुनावबाट थाहा भईहाल्छ।’

‘अहिले देखिरहनु भएको छ एक किसिमको गठबन्धन छ अहिले। त्यो गठबन्धनमा राजतन्त्रलाई फेरी ल्याउनुपर्छ भन्ने तत्वहरु पनि छन प्रतिगामीहरु। संघीयता विरोधीहरु पनि छन। अनि त्यहाँ बामपन्थीहरु पनि छन। संविधान विरोधीहरु पनि छन्’, उनले थपे, ‘संविधानका रक्षकहरु पनि छन्। यो भन्दा पहिलाको गठबन्धन कस्तो थियो? काँग्रेस थियो संविधानको पक्षमा उभिने। वामपन्थीहरु थिए। गणतन्त्रको पक्षमा उभिने।’

उनका अनुसार कांग्रेसले सबै पद आफैंले लिनुपर्ने भन्ने प्रवृत्ति देखाउँदा तत्कालिन गठबन्धन भत्किएकाे हाे।

‘कांग्रेसका सारा पद आफैले लिनुपर्छ भन्ने प्रवृत्ति देखियो। यसले गर्दा समस्या पर्‍यो। तर अहिले हामीले त्यहाँ देख्यौं। नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले,’ उनले भने, ‘पहिले त केके न गर्ला भन्ने लागेको थियो। नयाँ आए तर घाँडो भए। अदालतले मुद्दा लगायो। पदबाट हटे। त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारे पछि त्यो गठबन्धन पनि संकटमा परेको छ।’

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटी बैठक जारी छ।

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले जानकारी दिए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको