नेपालमा बालविवाहको वर्तमान अवस्था र चुनौतीबारे नीतिगत सम्बाद कार्यक्रम सम्पन्न

नेपालमा बालविवाहको वर्तमान अवस्था, चुनौतीहरु तथा भावि कार्यदिशा विषयक एक उच्चस्तरिय नीतिगत सम्बाद कार्यक्रम सम्पन्न भएको छ । बालिका दुलहि हैन तथा एनएसिजी नेपालको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाजका सञ्जालहरु, सामाजिक संघ सस्थाहरु, विकासका साझेदार संस्थाहरु तथा सम्बन्न्धित सरकारी नियकाहरुको संयुक्त उपस्थिती रहेको थियो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका यमलाल भुषालले नेपाल सरकारको तर्फबाट बालविवाह रोकथामका निमित्त विद्यमान कानुनहरु तथा भईरहेको प्रयासहरुको बारेमा कार्यपत्र पेश गरेका थिए ।

साथै विभिन्न प्रदेश तथा स्थानिय सरकाररुले सकारात्मक प्रयासहरुको बावजुद पनि बालविवाह रोकथम गर्न चुनौती भइरहेको कुरा जानकारी गराए। यसका साथै उनले बालविवाह रोकथामका लागि नागरिक संघ सस्थाहररु तथा सरकारी निकायहरु संयुक्त रुपमा अघि बढ्नु पर्ने कुरामा जोड दिए ।

कार्यपत्र माथि धारणा राख्ने क्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्य बम बहादुर बाँनियाले नागरिक संघ संस्थाहरुको अझै खबरदारीको आवश्यकता रहेको कुरामा जोड दिए । साथै राष्ट्रिय बाल अधिकार परिषद् बाल अधिकारमा काम गर्ने संस्थाहरुको साझा थलोको रुपमा रहेकाले नागरिक संघ संस्थाहरुसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको पनि जानकारी गराए । नेपाल सरकारले पनि राष्ट्रिय बाल अधिकार परिषद्लाई थप बलियो बनाउँदै यसको भूमिकालाई अझ अघि बढाउँन पनि उनले जोड दिए । सोही क्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले बाल विवाह न्यूनिकरणका लागि नेपाल सरकार नै प्रमुख रुपमा जिम्मेवार हुनु पर्ने कुरामा जोड दिए ।

बालविवाह अन्त्य हुनु भनेको राष्ट्रको गौरबको कुरा भएको तथा समग्र बालबालिकाको अवस्थामा सुधार हुनु भनेको देश विकासको सुचक पनि भएकाले यस कुरामा जोड दिनका लागि बाल अधिकार अभियानका प्रनेता तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुत्त गौरी प्रधानले जोड दिए । त्यसैले भौतिक विकास मात्र गौरबका विषय नभई समग्र बालबालिकाको उत्थानको विषय पनि गौरबको विषय भएकाले यस अभियानमा लाग्नका लागि जोड पनि दिए । साथै सोही कार्यक्रममा नै बाल अधिकार सम्बन्धि विभिन्न १५ सञ्जालहरुले बाल बालिका राष्ट्रिय गौरब हुन् अभियानलाई अपनत्व ग्रहण पनि गरेका थिए ।

कार्यक्रमको समापन गर्नुहुदै एनएअन का अध्यक्ष किरण थापाले प्रस्तुत नीति संवाद कार्यक्रमबाट आएका सुझावहरुलाई मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा हस्तान्तरण गरि बाल विवाह अन्त्यका लागि सबै माझ पहलकदमीका लागि नेतृत्व लिने कुराको बारेमा जानकारी गराएका थिए ।

सिफारिस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

धेरै पढिएको