तनहुँ कांग्रेस चोकमा राखेको मदल होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने : गगन थापा

 तनहुँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्दराज भट्टराई रैथाने भएकाले मतदाताले जिताउने बताएका छन्।

दमौलीमा सोमबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले कांग्रेसबाहेक दलका उम्मेदवारलाई टुरिस्टको संज्ञा दिए।

‘यहाँ घुम्दैघुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंले भन्नुपर्छ, यहाँको नेपाली कांग्रेस चोकमा राखेको मदल जस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने होइन’, उनले भने।

उनले नेपाली कांग्रेसभित्र सबै कुरा ठीकठाक चलिरहहेको भन्ने कुरा आफूलाई पनि नलागेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले र एमाले उम्मेदवार सर्वेन्द्र खनालतिर लक्षित गर्दै उनले पेन्सन पकाएकाहरु भने।

‘मलाई त भन्न मन लाग्छ तिमीले जागिर आएर आएको, घर बनाएको, पेन्सन पकाएर आएको हो। म त त्यो बेलामा सडकमा बसेर लडेको हो’, उनले भने, ‘छातीमा ढुंगा खाएर बसेको हो। जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन। तिमी गयौ भन्नेमा मेरो प्रश्न होइन, तर मलाई यहाँ बस्यौ भन्नेमा तिमीले प्रश्न गर्यौ भने तिमी किन गयौ भन्ने प्रश्न मैले पनि गर्न सक्छु।’

उनले आफूहरु नेपाली कांग्रेस बदल्ने अभियानम रहेको बताए। ‘नेपाली कांग्रेसभित्र जे भइरहेको छ सब ठीक भइरहेको त छैन। कांग्रेसभित्र धेरै कुरा बदल्नु पर्नेछ’, उनले भने, ‘कांग्रेसलाई लात्ती हानेर बाहिर गएर खराब भनेर, ढुंगा हानेर, झ्याल फुटाएर कांग्रेस बदलिन्छ? कांग्रेस बदल्न त्यहीँभित्र बसेर लड्नु पर्छ। यहीँभित्र बसेर संघर्ष गर्नुपर्छ। त्यो संघर्ष गर्ने हो। गोविन्द भट्टराईले पनि गर्ने हो, हामीले पनि गर्ने हो, सँगै बसेर यहाँ भित्र बसेर गर्ने हो।’

उनले नेपाली कांग्रेसका युवाहरुलाई पनि देशभित्रै केही गर्न खोज्दा प्रश्न गरिएको पनि उल्लेख गरे।

‘कांग्रेसका तमाम युवा साथीहरु, अरु पार्टीका युवा साथीहरु तपाईं हामीलाई एउटा प्रश्न गरिएको छ। अहिले नेपालमा बसेर, यहीँ बसेर, यहीँका विद्यालयमा पढेर, यहीँको विश्वविद्यालयमा पढेर, तपाईं हामी जस्तो यहीँभित्र केही गर्न सकिन्छ भनेर बसेका हामी के सबै फाल्तुहरु हौँ?’, उनले सोधे, ‘के हामी सबै अयोग्यहरु हौँ? के सपना देख्ने अधिकार हामीसँग छैन? के हाम्रो संघर्ष बेकार हो?’

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको