चौंथो संस्करणकाे ‘जुम्ला रारा अल्ट्रा म्याराथन’ मा दलबहादुर र मन्जु राखे नयाँ रेकर्ड

जुम्ला – चौंथो संस्करणकाे ‘जुम्ला रारा अल्ट्रा म्याराथन’ सुरू भएको छ। कर्णालीकाे प्रसिद्व चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन साेमबार सुरू भएको हो।

म्याराथनमा पुरुषतर्फ दलबहादुर कुँवरले ४ घण्टा ५४ मिनेट १० सेकेण्डमा दुरी पार गर्दै नयाँ रेकर्ड कायम गरेका छन् यसअघि सो रेकर्ड दुर्गा बुढाको नाममा ५ घण्टा २ मिनेट २० सेकेण्डको रहेको थियो।

त्यस्तै, द्वितीय भएका धिर बहादुर बुढाले ४ घण्टा ५७ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्न सफल भए।  त्यस्तै तृतीयमा शेर बहादुर बुढा, चौथो लाल चन्द्र महत र पाचौं सोम बहादुर राउत भए ।

त्यस्तै महिलातर्फ मन्जु राउतले पनि ६ घण्टा ६ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै नयाँ रेकर्ड कायम गरेकी छन्। उनले पनि शारधा भण्डारीको नाममा रहेको ६ घण्टा ३४ मिनेट ४१ सेकेण्डको रेकर्ड तोडेकी हुन्।  द्वितीयमा गगना भण्डारी, तृतीयमा अनिता बुढा, चौथोमा अम्मकाली बुढा र पाँचौं कुशा बुढा रोकाया भएकी छन्। म्याराथनमा पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे।

म्याराथन प्रतियोगितामा २५० खेलाडी सहभागी भएका छन् । रारा ४९ किलोमिटर दौड, पाँच हजार मिटर र एक हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको हो ।

४९ किलोमिटर दौडमा १२ महिलासहित ५१ जना, एक हजार मिटर दौडमा ८७ जना र पाँच हजार मिटर दौडमा १०७ जना खेलाडी गरी करिब साढे दुई सय खेलाडी प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे । उनले कर्णालीको आर्थिक, सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको बताए ।

‘कर्णाली समृद्धिको आधारमध्ये एउटा पर्यटन हो र पर्यटनलाई खेलकुदले प्रवद्र्धन गर्छ,’ उनले भने , ‘कर्णालीको पर्यटन प्रवद्र्धनमा अल्ट्रा म्याराथन कोशेढुंगा साबित हुनेछ । कर्णाली सरकार खेलकुदको प्रवद्र्धन गर्न तयार छ ।’ मुख्यमन्त्री शर्माले विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास आवश्यक रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले जुम्लाले खेलकुदमा गरेको महत्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो । जुम्ला-रारा म्याराथनलगायत अन्य खेलको प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ थियो ।

परिषद्ले यसै आवमा जुम्लाको पातारासीमा बन्दै गरेको हाईअल्टिच्युड ट्रेनिङ सेन्टरका लागि बजेट विनियोजन भइसकेको जानकारी उनले बताए । हरिबहादुर रोकायाले नेपाल र जुम्ला चिनाउनुका साथै आफूमात्रै नभएर धेरै खेलाडी जन्माएकोमा गौरव भएको उनले बताए  । हरेक वर्ष कर्णाली स्पोर्ट्स क्लबले अल्ट्रा-रारा म्याराथन आयोजना गर्दै आएको छ ।

एक किलोमिटर
केटा
प्रवेश कठायत– प्रथम
हिमाल महतारा– द्वितीय
विवेक कामी– तृतीय

केटी
सगिना बाेहाेरा– प्रथम
सनिका सार्की– द्वितीय
निरुता बुढा– तृतीय

खुला पाँच किलोमिटर
केटा
अक्कल बडुवाल– प्रथम
जमन बुढा– द्वितीय
लक्ष्मण बुढा– तृतीय

केटी
संगिता बुढा– प्रथम
सुशीला बुढा– द्वितीय
गाैकला रावत– तृतीय

कर्मचारीहरु पाँच किलोमिटर
दीर्घबहादुर थापा– प्रथम
हर्क रावत– द्वितीय
देवीबहादुर महतारा– तृतीय

वृद्धहरु पाँच किलोमिटर
परागराज उपाध्यक्ष (७० वर्ष)– प्रथम
जयकृष्ण आचार्य (६८ वर्ष)– द्वितीय
माधवराज देवकाेटा (६३ वर्ष)– तृतीय

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको