सार्की र केसीको उत्कृष्ट प्रर्दशनमा नेपालद्वारा अमेरिका ६ विकेटले पराजित

भीम सार्की र करण केसीको उत्कृष्ट प्रर्दशनमा नेपालले आईसीसी विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ।

अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। जितसँगै नेपालले शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ।

चौथो विकेटका लागि भिम र दिपेन्द्र सिंह ऐरिले ७४ रनको अविजित साझेदारी गरेपछि नेपालले अमेरिकाविरुद्ध सहज जित निकालेको हो।

ओडिआई करियर कै उच्च प्रर्दशन गरेका भिमले ७७ रनको योगदान दिए। भिम सार्की ११४ बलमा ७ चौका र १ छक्का हान्दै ७७ रनमा नटआउट रहे।

दिपेन्द्र सिंह ऐरि ३९ बलमा नटआउट रहे। दिपेन्द्रले ३२ बलमा ५ चौका र १ छक्का हाने। ओपनर कुशल भुर्तेलले ३९ रनको योगदान दिए। ५४ बलको सामना गरेका कुशलले ४ चौका र १ छक्का हाने।

कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ तथा आशिफ शेखले १२ रन थपे। त्यसअघि जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो।

अमेरिकालाई सामान्य स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले चार विकेट लिए। करण केसी आफ्नो नवौ ओभरमा १७ रन खर्चे। करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन दिएर ४ विकेट लिए।

करणले दशौं ओभरको दोस्रो बलमा नोसथुस केन्जीगलाई आरिफ शेखको हातबाट क्याच आउट पवेलिएनको बाटो देखाए। करणले नै आठौं ओभरको पाँचौं बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

दोस्रो ओभरको पाँचौ बलमा स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। करणले नै दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई आरिफ शेखको हातबाच क्याच आउट गराए। करणले पाँच ओभरमा ४ विकेट लिन मात्र ७ रन खर्चिएका थिए। गुलसन झाले ३ तथा दिपेन्द्र सिंह ऐरिले दुई विकेट लिए।

ललित राजवंशी एक विकेट आफ्नो नाममा गरे। किफायती बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २० रन दिदै १ विकेट लिए।

सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन बन्दा नेपालका लागि मंहगा सावित भए। सन्दीपले आफ्नो स्पेलमा ५८ रन दिदा विकेट लिन सकेनन्।

अमेरिकाका लागि सयान जहानगिर १ सय रनमा नटआउट रहे। ७९ बल खेलेका उनले ९ चौका र ३ छक्का हाने। संकटकाबीच सयानले ओडिआइ करियरमा पहिलो शतक पूरा गरे। ७९ बलमा १० चौका र ३ छक्का मद्दतमा उनले १ सय रन पूरा गरे।

शुसान्त मोदानीले ४२, गजानन्द सिंहले २६ र जस्सी पटेलले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालले अब बिशिबार वेष्ट इण्डिजसँग खेल्नेछ। भने समुह चरणको अन्तिम खेलमा नेदरल्याण्डसँग खेल्ने तालिका छ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको