राष्ट्रिय फोटो पत्रकार समूहको सहकार्यमा पत्रकार महिलालाई तीन दिने फोटो पत्रकारिता तालिम

पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरु भएको छ । मंगलबारबाट काठमाडौँको नेपाल पर्यटन बोर्डमा सुरु तालिममा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ जना पत्रकार महिलाहरूको सहभागिता छ । तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटनका बारेमा समेत प्रशिक्षण दिइने छ ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको सहकार्य र सञ्चारिका समूह नेपालको संयोजनमा तीन दिनसम्म चल्ने तालिम नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रूपमा सञ्चालित जीविकोपार्जनको पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले आयोजना गरेको हो।

तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकार महिलाहरुका लागि यो तालीम आयोजना गरिएको र यसले पर्यटन वीटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए ।

सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवाले पछिल्लो समय पत्रकारितामा महिला सहभागिता बढिरहेको सन्दर्भमा यो तालिमले पर्यटन क्षेत्रमा क्यामेरा चलाउने पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि हुने बताइन् ।

त्यस्तै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले फोटा पत्रकारिताका काम गर्दै गरेका तथा नयाँ आयउन चाहनेलाई समेत सहज हुने बताए ।

एसटीएलआरपीले पर्यटनका अन्य क्षेत्रमा तालिम संचालन गरिरहेको सन्दर्भमा पत्रकार महीलाहरुको फोटो पत्रकारिताको क्षेत्रमा क्षमता अभिवृछि होस भनेर यो तालिमको आयोजना गरिएको परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताए । दवाडीका अनुसार परियोजनाले छिट्टै राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)संगको सहकार्यमा पुरुष तथा महिला दुबै पत्रकारहरुका लागि अर्को तालिम समेत आयोजना गर्नेछ ।

तालिमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले नेपालको भूगोल, , धर्म, कला, संस्कृतिका साथै पर्यटन पत्रकारिताका बारेमा प्रशिक्षण दिए भने प्रशिक्षक राजन काफ्लले फोटो पत्रकारिताको शैद्धान्तिक विषय तथा क्यामेराको संचालन लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

तालिमको मंगलवार बुधबारको शेसनमा फोटो पत्रकारहरु सुनिल शर्मा र सुशील श्रेष्ठ लगायतले प्रशिक्षण दिनु हुनेछ । यस्तै वरिष्ठ फोटो पत्रकारहरु मीन बज्राचार्य र विकास कार्कीले फोटो पत्रकारिताको अनुभव र नयाँ आयामबारे आफ्ना अनुभव साट्नु हुनेछ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको