प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर पनौती (फोटो फिचर)

पनौती – काभ्रेपलाञ्चोकको बनेपाबाट ६ किलोमिटर दक्षिण लाग्दा पुग्ने प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो पनौती।

पनौतीको वास्तविक नाम पन्ति हो। नेपाल भाषामा ‘प’ भनेको बाँस र ‘ति’ भनेको राख्नु वा गाड्नु हो। पछि यो नाम अपभ्रंश भएर पनौती बनेको स्थानीय फोटोग्राफर प्रशान्त श्रेष्ठ बताउँछन्।

पनौती नगरपालिका ऐतिहासिक पुरातात्विक प्राचिन एवं धार्मिक दृष्टिले समेत अत्यन्त महत्व राख्दछ। थुप्रै मौलिक संस्कृति र परम्पराको धनी पनौतीमा विभिन्न जात्रा, पर्व पूजा नियमित जसो चलिरहन्छन्।

पनौती अचेल सुनसान छ। स्थानीय विकासमा त्यहाँका मूल बासिन्दाको सहभागिता न्यून छ। यस्तो समस्या आउनुको मुख्य कारण तीव्र गतिमा बढेको बसाइँसराइ नै हो। स्थानीय बासिन्दाले मूल घर छाडेर जाने र प्रायःले आफ्नो घर बाहिरका मानिसलाई बेच्ने क्रम बढेको छ।

पनौती आफूसँग भएका ऐतिहासिक, पारम्परिक र मौलिक सम्पदाबाट पर्यटकलाई भित्र्याउन आतुर छ। पनौती अथाह सांस्कृतिक सम्पदाको धनी भए पनि यसको संरक्षण र प्रचारप्रसार हुन सकेको छैन। यो क्षेत्रलाई गुमनाम हुनबाट रोक्न केही स्थानीय बासिन्दाको पहलमा राम्रा कामहरू भइरहेका छन्। स्वदेशी तथा विदेशी पाहुनाका लागि केही क्याफे स्टेसन, नेवारी खाजाघर र ४० वटाजति होमस्टेको व्यवस्था भएको छ।

पनौतीमा पर्यटक घुम्नका लागि त्रिवेणी घाट, इन्द्रेश्वर सम्पदा क्षेत्र, धनेश्वर मन्दिर, भालेश्वर, गोरखनाथ मन्दिर रहेका छन्। पर्यटकका लागि पिकनिक स्पोर्ट बनाइएको छ। हाइकिङका लागि नमोबुद्ध, बल्थली, लाकुरीभञ्ज्याङ, टिपचोकजस्ता स्थान छुट्ट्याइएका छन्।

शनिबार मात्रै अन्नपूर्ण टाइम्स र क्रियटिभ जर्नालिस्ट समूहको संयोजनमा ‘सन्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ कार्यक्रम आयोजना गरिएको थियो।  कार्यक्रममा काठमाडौँमा क्रियाशील १५० जना पत्रकारहरूसंगै पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी,पर्यटन विकास केन्द्र पनौतीका अध्यक्ष पुरुषोत्तम कर्मचार्य, पर्यटन व्यवसायी राजन थापा, वडाध्यक्ष भीमप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

धेरै पढिएको